२० वर्ष मुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बिजयी

२० वर्ष मुनिको साफ महिला च्याम्पियनशिपको आफ्नो तेस्रो खेलमा नेपालले श्रीलङ्कालाई हराएको छ ।
बङ्गलादेशको बसुन्धरा किङ्ग्स एरिनामा ठूलो वर्षाका कारण निर्धारित समय भन्दा १ घन्टा ढिलो शुरू भएको खेलमा नेपालले श्रीलङ्कालाई ० का बिरुद्ध ७ गोलले हरायो ।
नेपालका लागि मीना देउवाले ह्याट्रिक गोल गरिन् । यस्तै पुर्णिमा राईले दुई, समिक्षा मगर र सरिता कुमारी नाथले समान एक गोल गरे ।
यो जीत सगै नेपालको तीन खेलमा ६ अङ्क भएको छ । जीत विहीन बनेको श्रीलङ्काले अङ्क जोड्न सकेको छैन ।
तीन खेलमा ९ अङ्क जोडेको घरेलु टोली बङ्गलादेश तालिकाको शीर्ष स्थानमा छ ।
दुई खेलमा ३ अङ्क सहित भूटान तेश्रो स्थानमा छ । मंगलबार भएको पहिलो खेलमा बङ्गलादेशले भूटानलाई १ का बिरुद्ध ४ गोलले हरायो ।
यसअघि नेपालले आफ्नो पहिलो खेलमा शुक्रवार भूटानलाई १ का बिरुद्ध ६ गोल अन्तरले हराएको थियो भने दोस्रो खेलमा बङ्गलादेश सग २ का बिरुद्ध ३ गोलअन्तरले पराजित भएको थियो ।
प्रतियोगितामा नेपाल, बङ्गलादेश, भूटान र श्रीलङ्का गरी चार वटा देश सहभागी छन् ।
डबल राउन्ड–रोबिनको आधारमा हुने प्रतियोगितामा हरेक टोलीले एक अर्का सग दुई–दुई पटक प्रतिस्पर्धा गर्ने छन् ।
लिग चरणमा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्ने छ । नेपालले अब बुधबार आज श्रीलङ्का सग, साउन ३ गते भूटान सग र साउन ५ गते बङ्गलादेश सग खेल्ने छ ।

सम्बन्धित

Comments are closed.