२० वर्ष मुनिको साफ महिला च्याम्पियनशिपमा नेपालले भूटानलाई ८ गोलले हराएको छ ।
बङ्गलादेशको बसुन्धरा स्पोट्र्स मैदानमा भएको खेलमा नेपालले भूटानलाई ८ गोलको फराकिलो अन्तरले हराएको हो ।
नेपालका लागि मिना देउवाले ह्याट्रिक र पूर्णिमा राईले ह्याट्रिक सहित चार गोल गरेका थिए ।
मीनाले तीन र पूर्णिमाले चार गोल गरेका हुन् ।
कुसुम खतिवडाले एक गोल गरिन् । यस्तै कुसुम खतिवडाले एक गोल गरिन् ।
यसअघि पहिलो खेलमा नेपालले भूटानलाई ६ – १ गोलले हराएको थियो ।
प्रतियोगितामा घरेलु टोली बङ्गलादेश सहित नेपाल, भूटान र श्रीलङ्का सहभागी छन् । डलब राउन्ड रोबिनका आधारमा खेल भइरहेको हो ।
सबै खेल सकिए पछि शीर्ष टोली च्याम्पियन बन्ने छ । यसअघि नेपालले श्रीलङ्का सगका दुई खेलमा पनि जीत निकालेको थियो ।
नेपालले श्रीलङ्कालाई पहिलो र दोस्रो खेलमा समान ७ गोलले हराएको थियो ।
आफ्नो दोस्रो खेलमा नेपाल बङ्गलादेश सग ३–२ गोलले पराजित भएको थियो । बङ्गलादेशले चार खेलमा जीत निकालेको छ ।
अङ्क तालिकामा नेपाल पँच खेलमा १२ अङ्क सहित शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको बङ्गलादेश १२ अङ्कका साथ दोश्रो स्थानमा छ ।
नेपालले सोमवार बङ्गलादेश सग खेल्ने छ ।
शुक्लाफाँटा खबर
6771 posts
Comments are closed.