१२ कक्षामा अनुत्तीर्ण हुनेमा सुदूरपश्चिम र कर्णालीका धेरै

महेन्द्रनगर । सोमबार सार्वजनिक १२ कक्षाको प्रदेश अनुसारको नतिजा हेर्दा सबैभन्दा कमजोर कर्णाली र सुदूरपश्चिम प्रदेशमा देखिएको छ । सुदूरपश्चिम प्रदेशमा ३६ हजार ४१४ जनाले परीक्षा दिएकोमा १९ हजार ८०६ जना ग्रेडेड र १६ हजार ६०८ जना ननग्रेडेड भएका छन् ।

कर्णाली प्रदेशमा २५ हजार ४५८जनाले परीक्षा दिएकोमा १२ हजार ७७७ जना ग्रेडेड र १२ हजार ६८१ जना ननग्रेडेड भएका छन् । धेरै उत्तीर्ण परीक्षार्थी बागमती प्रदेशबाट भएका छन् । १ लाख २४ हजार ८४१ जनाले परीक्षा दिएकोमा ८७ हजार ९७६ जना ग्रेडेड भएका छन् भने ३६ हजार ८६५ जना ननग्रेडेड भएका छन् । कोशी प्रदेशमा ६२ हजार १४१ जनाले परीक्षा दिएकोमा ३७ हजार १६२ ग्रेडेड र २४ हजार ९७९ जना ननग्रेडेड भएका छन् ।

मधेश प्रदेशमा ५३ हजार १६६ जनाले परीक्षा दिएकोमा २९ हजार ८४३ जना ग्रेडेड हुँदा २३ हजार ३२३ जना ननग्रेडेड भएका छन् । गण्डकी प्रदेशमा २८ हजार २४१ जनाले परीक्षा दिएकोमा १८ हजार १३८ जना उत्तीर्ण भएका छन् भने १० हजार १०३ जना ननग्रेडेड भएका छन् । लुम्बिनी प्रदेशमा ६७ हजार ८६ जनाले परीक्षा दिएका थिए ।

जसमा ३७ हजार ७६३ जना ग्रेडेड हुँदा २९ हजार ३२३ जना ननग्रेडेड भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजामा देशभरबाट भने ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

यो गत वर्षको भन्दा ९ प्रतिशतले बढी हो । गत वर्ष ५२ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए ।

 

 

सम्बन्धित

Comments are closed.