कञ्चनपुरमा ३ दिने तेस्रो ईन्डो नेपाल अन्तराष्ट्रिय कराँते च्याम्पियनशिपको आयोजना

महेन्द्रनगर । कञ्चनपुरमा तेस्रो ईन्डो नेपाल अन्तराष्ट्रिय कराँते च्याम्पियनशिप २०२५को आयोजना भएको छ । सुदूरपश्चिम जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालको आयोजनामा तिन दिन सम्म उक्त प्रतियोगिताको आयोजना हुने भएको छ ।

भारतका विभिन्न क्षेत्रबाट र नेपालका सातै प्रदेशका करिब ४ सय खेलाडीहरुको सहभागिता रहेको सुदूरपश्चिम जापान कराँते डो कोशिकाई सितोरियो संघ नेपालका केन्द्रिय महासचिव एवम कराँते ग्राण्ड मास्टर नेपाल हन्सी अभिषेक सिंहले जानकारी दिनु भएको छ ।

विगतका दिनमा नेपालको टिम पनि भारतका विभिन्न क्षेत्रमा आयोजना भएका प्रतियोगितामा भाग लिएर प्रथम स्थान हासिल गरेको र अहिले पनि नेपालमा आयोजना भएको यो प्रतियोगितामा पनि प्रथम स्थान हासिल गर्ने गरी खेलाडीहरुको तयारी रहेको बताउनु भयो ।

भारत र नेपालका खेलाडीहरुले एक अर्काको खेलकुदको अनुभवहरु साटासाट गर्ने उचित थलो पनि रहेको र दुइ देशको सम्बन्धलाई खेलकुद मार्फत अझै प्रगाढ बनाउने उदेश्यले यो तेस्रो ईन्डो नेपाल अन्तराष्ट्रिय कराँते च्याम्पियनशिप २०२५को आयोजना गरीएको सुदूरपश्चिम जापान कराँते डो कोशिकाई सितोरियो संघ नेपालका केन्द्रिय महासचिव एवम कराँते ग्राण्ड मास्टर नेपाल हन्सी सिंहले बताउनु भयो ।

यती ठुलो खेलकुदको आयोजना गर्न कुनै पनि स्थानिय सरकार प्रदेश सरकारले आफुलाई सहयोग नगरेको र आफनै व्यक्तिगत र समितिको आर्थिकबाट आयोजना गरेको बताउनु भयो । सरकारले खेलकुद र खेलाडीहरुको भविष्य माथी खेलवाड गरीरहेको उनिहरुको वृद्धि विकास र भविष्यको सरकारलाई कुनै चिन्ता नरहेको बताउनु भयो ।

दुइ देशका खेलाडीहरुले एक अर्काको खेलको सिप कलाहरु अनुभवहरु पनि सिक्ने थलोको रुपमा यो प्रतियोगितालाई लिइएको उहाँले बताउनु भयो । अहिले भारतको दिल्ली, मुम्वई, राजस्थान, कलकत्ता, वाराणसीलगायत क्षेत्रबाट खेलाडी, अफिसियलहरुको सहभागिता रहेको उहाँले बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथी पूर्व कार्यकारी महा निर्देशक तथा राष्टिय सेवादल तथा पूर्व सुरक्षाकर्मी परिषद नेपालका संरक्षक तथा पूर्व उपरथी सुरेश कुमार कार्कीले कार्यक्रमलाई सम्बोधन गर्दे खेलाडीहरुले सदैव राष्ट्रको लागि आफनो देशको नाम राख्ने गरी खेल खेल्नु पर्ने बताउनु भयो ।

आफनो स्वास्थ्यलाइ पहिलो प्राथमिकतामा राखेर खेल खेल्नु पर्ने र आफनो देश, समुदाय र आफनो व्यक्तीहरुको लागि खेलाडीले खेल खेल्नु पर्ने बताउनु भयो ।

बिशिष्ट अतिथीमा रहनु भएका कराँते पूर्व प्रशिक्षक मदन कुमार उप्रेतीले यो ३ दिने प्रतियोगिताले प्रशिक्षक एवम खेलाडीहरुले आफनो खेलकुद प्रतिको ज्ञान अझै बढने र सिकाई पनि बढने बताउनु भयो ।

भारत सेफुकान सितोरियो कराँते चिफ कोच लाल दर्दाले दुई देश विचको यो खेलकुद प्रतियोगिताले सम्बन्ध अझै राम्रो हुने एक अर्काको सिपकला सिक्ने अवसर पनि रहेको बताउनु भयो ।

साथै उहाँले जापान कराते डो कोशिकाई सितोरियो संघले यो प्रतियोगिताको आयोजना गरेको हार्दिक धन्यवाद व्यक्त गर्नु भयो ।

सम्बन्धित

Comments are closed.