महेन्द्रनगर । डडेल्धुरा कारागारमा आगजनी र तोडफोड गरेर भागेका ३२ कैदीलाई नियन्त्रणमा लिइएको छ।
बुधबार बिहान कारागारमा आगजनी र तोडफोड गरेर ८४ कैदी भागेका थिए। भगेका मध्ये ३२ जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर फेरि कारागारमै राखेको जेलर सन्तोष भट्टले जानकारी दिए।
उनका अनुसार अहिले कारागारको स्थिति नियन्त्रणमा छ। नेपाली सेना, जनपद प्रहरी र सशस्त्र प्रहरीले कारागारमा पहरा दिइरहेका छन्।
कारागारमा १२७ जना कैदी रहेका थिए। ८४ जना भागेकोमा ४२ जना कारागारमै थिए।
Comments are closed.