दशैंमा गाडी भाडा बढी लिए कहाँ उजुरी गर्ने ?

महेन्द्रनगर । नेपालीहरूको प्रमुख मध्येको एक चाड दशैं मुखैमा आइसकेको छ । पढाइ तथा रोजगारीको सिलसिलमा शहरमा बसोबास गरिरहेको नेपालीहरू दशैंमा गाउँ जाने गर्छन् । यो समयमा अधिंकाशलाई जसरी पनि गाउँ जानुपरिरहेको हुन्छ । यही बाध्यताको फाइदा उठाएर केही गाडीवालाहरूले यात्रुसँग चर्को भाडा असुल गरी ठगी गर्ने गर्छन् ।

यसबाट यात्रुलाई बचाउन प्रहरीहरू सक्रिय हुने गर्छन् । प्रहरी नायक महानिरीक्षक तथा केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेका अनुसार यसवर्ष यातायात व्यवसायी महासंघले कुनै पनि भाडा वृद्धि गरेको छैन । अहिलेसम्म बढी भाडा लिएको गुनासो पनि नआएको उनले बताए ।

‘अहिले हामीले विभिन्न ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरेका छौं । निगरानी गर्न सादा पोशाकमा प्रहरी र विभिन्न नाकाहरूमा टोलीहरू खटाएका छौ,’ अनलाइन खबरसँग उनले भने ।

तर, कदमकदाचित यदि कुनै यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिइन्छ भने उनीहरूलाई निम्न कार्य गर्न उनले सुझाएका छन्

(नजिकैको यात्रु सहायता कक्षमा सम्पर्क गर्ने

(नजिकैको प्रहरी चौकीसमा सम्पर्क गर्ने

(यदि सहायता कक्ष र चौकी नजिक छैन भने प्रहरीको हटलाइन १०० मा फोन गरेर गाडी नम्बर टिपाउने।

सम्बन्धित

Comments are closed.