महेन्द्रनगर । दैजी जोगबुढा सडकखण्डमा भएको जिप दुर्घटनामा कञ्चनपुरको वेदकोट नगरपालिका ४, बगुनकी २ वर्षिया वालिका युविका पालको मृत्यु भएको छ ।उनकी आमा तारा पाललाई थप उपचारका लागि धगढी रिफर गरिएको छ ।
बेदकोट नगरपालिका–३ सिउडीबाटमा से १ ज ४१७ नम्बरको जिप दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले मङ्गलवार दिउँसो दैजीबाट जोगबुढा तर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा नौ जना भाइते भएकामा एक जनाको मृत्यु भएको बताएको छ।
अन्य आठ जना घाइते भएका छन्। कञ्चनपुरको कृष्णपुर नगरपालिका– १ वाणिकी ३३ वर्षीया धाना बोहरा, सोही ठाउँकी ४ वर्षीय कमल बोहरा, बेदकोट नगरपालिका–४ की ३० वर्षीया तारा पाल, पालका १० वर्षीय छोरा प्रिन्स पाल र तारा पालकी छोरी युबिका पाल घाइते भएका थिए।
युबिकाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।डडेल्धुरा पर्शुराम नगरपालिका–९ का ३५ वर्षीय देबेन्द्र धामी, सोही ठाउँका २४ वर्षीय वीरेन्द्र कुँवर, वीरेन्द्रकी २१ वर्षीय श्रीमती मनिशा कुँवर र सोही ठाउँका २८ वर्षीय नरेश सार्की घाइते भएका छन्।
Comments are closed.