महेन्द्रनगर । छिमेकी मुलुक भारतको टनकपुरमा ईण्डो नेपाल तेक्वान्डो प्रतियोगिता भएको छ । उत्तराखण्ड चम्पावत जिल्लाको टनकपुरमा विद्यालय स्तरीय ईण्डो नेपाल तेक्वान्डो प्रतियोगिता भएको हो ।
प्रमाउण्ट पब्लिक स्कुलले आयोजना गरेको उक्त प्रतियोगितामा नेपाल भारतका तेक्वान्डोका खेलाडीविच प्रतिस्पर्धा गराएको थियो । तेक्वान्डो कञ्चनपुर नेपालका ग्राण्ड माष्टर हेम बहादुर बस्नेतले उक्त प्रतियोगितामा नेपाली खेलाडीको समेत सहभागिता रहेको बताए ।

उक्त प्रतियोगिताका निर्णायक प्रमुख समेतरहेका बस्नेतले १३सहभागि मध्ये ९जना खेलाडीले पदक पाएका छन । जिम हाउस तेक्वान्डो डोजाङ्गका तर्फबाट खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
भारतका विभिन्न डोजाङ्गका दुई टिम र नेपालका पनि विभिन्न डोजाङका खेलाडी सहभागि भएका थिए । नेपालका तर्फबाट तेक्वान्डो निर्वतमान जिल्ला अध्यक्ष ज्ञानेन्द्र सिह सहित भारत ओलोम्पिन कमिटिका उपाध्यक्ष, भारतका जनप्रतिनिधी सहितका सहभागि थिए ।
प्रतियोगिताले नेपाल भारतका खेलाडीविच मैत्री सम्बन्धदेखि प्रतिस्पर्धा गर्न उत्प्रेरणा जनाएको थियो ।
Comments are closed.