वेदकोटमा वेरोजगार विपन्न युवायुवतीहरुका लागी ७ दिने बाख्रा पालन तालिम सञ्चालन

महेन्द्रनगर । वेदकोटमा ७ दिने बाख्रा पालन तालिम सञ्चालनमा आएको छ । बेरोजगार विपन्न युवायुवतीहरुलाई व्यावसायिक बाख्रापालन तालिमको अयोजना भएको हो । सुदुरपश्चिम प्रदेश स्वरोजगार विकास कोष धनगढी, कैलालीको आयोजनामा र बैजनाथ महिला बहुउदेश्यीय सहकारी संस्थाको सहकार्यमा ७ दिने बाख्रा पालन तालिम सोमवारदेखी सुरुवात भएको छ ।

कोषका अध्यक्ष एवम् आर्थिक मामिला मन्त्री माननीय वहादुर सिंह थापाको प्रमुख आतिथ्यता तथा वेदकोट नगरपालिकाका नगर उप प्रमुख तुलसी जोशीको विशिस्ट आतिथ्यता रहेको उक्त कार्यक्रमको अध्यक्षता कोषका कार्यकारी निर्देशक चुडामणी तिमिल्सिनाले गर्नुभएको थियो ।

उक्त कार्यक्रमको अतिथिका रुपमा वडा न.७ का कार्यवाहक अध्यक्ष सुवास मल्लवैजनाथ महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मन्जु सिह, आधुनिक कृषि सहकारी संस्थाका अध्यक्ष डम्बर राज जोशी, प्रश्ना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मदन राज वैज, चुरे जैविकमार्ग बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लोक बहादुर पातली, साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष धर्म सिंह कोर, बाबा सिद्धवैजनाथ कृषि सहकारी संस्थाका अध्यक्ष प्रकाश दत्त भट्ट , इन्द्रेणी कृषि सहकारी संस्थाका अध्यक्ष शिवराज भट्ट, बाख्रा पालक किसानहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी थापाले यो क्षेत्र बाख्रा पालनका लागि उपयुक्त रहेको र यो तालिममा सहभागीता जनाउनु भएका सहभागीहरुले पनि बाख्रा पालन गरेर उद्यमी बन्ने योजना बनाउनु पर्ने बताउनु भयो । अहिले पनि माछा मासुजन्य चिजवस्तुको हामी आयात गरीरहेको परिवेषमा अब यो तालिम पश्चात यो क्षेत्रबाट खसी, बोका, बाख्राहरु बारिह जाने छ भन्नेमा आफु विश्वस्त रहेको बताउनु भयो ।

हाम्रो भौगोलिक वातावरण पनि बाख्रा पालनका लागी पर्याप्त नभएको भएर पनि हामी पछाडी परेको हुन सक्ने भएपनि अहिले यो क्षेत्रमा पर्याप्त मात्रामा घाास र यो तालिमले पनि केही नविनतम तरिका सिकाई हुने बताउनु भयो । यो तालिमले सिकाउने प्राविधी विषयमा पनि गहिराईमा गएर सिक्न र प्रश्नहरु पनि सोध्न सहभागीहरुलाई आग्रह गर्नु भयो ।

यो ७ दिने बाख्रा पालन तालिमले प्राविधीक विषयको पनि जानकारी दिने र सबै सहभागीहरुले यो तालिमबाट सिकेका विषयहरु आफनो व्यवहारमा पनि लागु गर्ने र अन्यलाई पनि जानकारी दिन हुन आग्रह गर्नु भयो । बाख्रा पालन पश्चात आयआर्जन बढाएर आफनो पनि जिवनस्तर बढाउने आफनो परिवारको आवस्यक्ताहरु लाई परिपुर्ति गर्ने र व्यवसायीक रुपमा काम गर्न आग्रह गर्नु भयो ।

यसैगरी कार्यक्रमका विशिष्ट अतिथी वेदकोट नगरपालिकाका उपप्रमुख जोशीले सहकारीमा आवद्ध हुनुभएका महिला दिदिबहिनीहरुलाई आत्म निर्भर बनाउनका लागि यो तालिमको आयोजना गरीएको बताउनु भयो ।

यो बाख्रा पालन ७ दिने तालिमबाट कसरी आत्मनिर्भर बन्ने ? सहकारीको औचित्य सहकारीको संचालनको सम्बन्ध जोडेर आर्थिक रुपमा सशक्त बनाउनका लागि यो बाख्रा पालन तालिम को आयोजना गरएिको बताउनु भयो ।

स्वरोजगार कोषलाई सुदूरपश्चिम सरकारले गाँउगाँउमा रहेका विपन्न युवाहरुलाई स्थानिय स्तरमा सम्भाव्य व्यवसाय के हुन सक्छन ? भन्ने पहिचान गर्न सक्ने जिम्मेवारीको साथमा यो तालिमको आयोजना गरीएको बताउनु भयो ।

स्वरोजगार बनाएर प्राकृतिक र प्राविधीक रुपले सक्षम बनाएर बाख्रा पालनविस्ता र गर्न चाहने दिदिबहिनीका लागि यो तालिमको आयोजना गरीएको बताउनु भयो । कार्यक्रम सञ्चालन कोषका लेखा अधिकृत जयदेव जोशीले गर्नु भएको थियो ।

सम्बन्धित

Comments are closed.