महेन्द्रनगर । चौथो ईन्टरनेशनल टि २० कपको उपाधी कैलालीको क्रिस्टल सिटी स्कुल सिसिएसले हात पारेको छ । कञ्चनपुरको लिटिल बुद्ध एकेडेमीले पहिला व्याटिङ गरेर ७९ रनको लक्ष्य दिएको थियो भने, कैलालीको क्रिस्टल सिटी स्कुल धनगढीले १७ ओभरमा ५ विकेट गुमाएर आफनो लक्ष्य पाएपछि उपाधी चुमको हो ।
प्रथम हुने उक्त टिमले नगद १ लाख रुपैँया, ट्रफी, मेडल प्रमाणपत्र पाएका छन् । यसैगरी दोस्रो हुने टिमले नगद ५० ट्रफी, मेडल प्रमाणपत्र पाएका हुन् ।
२२ गतेदेखी सुरु भएको उक्त खेलमा २ टिम कैलालीबाट र १४ टिम कञ्चनपुर गरी १६ वटा टिमको सहभागिता रहेको थियो ।
विद्यार्थीहरुको चौतर्फी विकासका लागी यो खेलको आयोजना गरीएको ईन्टरनेशनल स्कुलका अध्यक्ष गौर राज लिम्बुले बताउनु भयो । साथै खेलाडीहरुले अनुसासित भएर खेल खेलेको र यो खेललाई सफलता पूर्वक सम्पन्न गर्नमा सबैको हात रहेको हुँदा सबै सहयोगी हातलाई धन्यवाद व्यक्त गर्नु भयो ।
साथै जित्नु हुने टिमलाई अझै सफलता तर्फ उन्मुख हुनु र हार्ने टिमले अझै मिहिनेत गरेर अर्काे वर्ष विजयी हुने गरी तैयारी गर्न आग्रह गर्नु भयो ।
यस्तै ईन्टरनेशनल पब्लिक एकेडेमी विद्यालयको प्रसासन प्रमुख हेमन्तबहादुर सिंहले विगत देखी नै यस्ता खेलकुदको आयोजना गर्दै आएको र यो वर्षमा चौथो संस्करणको आयोजना गरी विद्यार्थीहरुलाई खेलकुदको माध्यमबाट अगाढी बढाउने उदेश्य रहेको बताउनु भयो ।
Comments are closed.