महाकाली मोडर्न प्रिमियर लिग सुरु, पहिलो दिन ५ टिम विजयी नामसहित

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ३ भासीमा रहेको महाकाली मोडर्न पब्लिक स्कुलले आयोजना गरेको महाकाली मोडर्न प्रिमियर लिग शुक्रवारदेखी सुरु भएको छ । पहिलो दिन पाँच वटा खेल भएका छन, पहिलो खेल साईन्टिफिक ईन्भेष्टर र हेल्थ सुपर जियन्टस विच भएको थियो ।

उक्त खेलमा खेलमा साईन्टिफिक ईन्भेष्टरले जित हात पारेको छ । हेल्थ सुपर जियन्टसले पहिले व्याटिङ गरेर ७३ रनको लक्ष्य दिएको थियो । पछि व्याटिङ गरेको साईन्टिफिक ईन्भेष्टरले ५ विकेटले उक्त म्याच जितेको थियो ।

यसैगरी दोस्रो म्याच सोसियल हिरोज र कम्प्युटर वारियर्स विच भएको थियो, उक्त खेलमा सोसियल हिरोजले ९६ रनको लक्ष्य पाएको थियो ,उसले ७ रनले म्याच जितेको छ ।

तस्रो म्याच साईन्टिफिक ईन्भेष्टर, र अप्सनल सुपर स्टार विच भएको थियो । उक्त खेलमा साईन्टिफिक ईन्भेष्टरले दिएको ७२ को लक्ष्य अप्सनल सुपर स्टारले ३ विकेटमा पुरा गरेको थियो ।

चौथो म्याच हेल्थ सुपर जियन्टस र कम्प्युटर वारियर्स विचमा भएको थियो । उक्त खेल हेल्थ सुपर जियन्टसले जितेको छ । ७८ रनको लक्ष्य पाएको उसले ६ रनले जितेको छ ।

अन्तिम पाँचौ म्याच सोसियल हिरोज र म्याथम्याटिक्स ब्लाष्टर विच भएको थियो । उक्त खेल सोसियल हिरोजले आफनो पोल्टामा पार्न सफल भएको थियो ।

६८ रनको लक्ष्य पाएको उसले २ विकेटले म्याच जितेको हो । उक्त खेलमा शिक्षक महेश विष्टले सर्वाधिक ४८ रन ३ विकेट लिन सफल हुनु भएको थियो ।

विद्यालयका संस्थापक प्रिन्सिपल दिजराज भट्टले विद्यार्थीहरुको सर्वाङगिण विकास उनिहरुको सिपकला र आफुमा भएको प्रतिभालाइ खेल मार्फत देखाउन पाउने अवसर पनि रहेको बताउनु भयो ।

खेल जगतबाट पनि विद्यार्थीहरुको पहिचान बनाउन र उनिहरुलाई भविष्यमा खेलबाट पनि नाम दाम दुवै कमाउन सकिन्छ भन्ने उदाहरण दिनका लागि पनि यो र्काक्रमको आयोजना गरीएको बताउनु भयो ।

साथै यो खेलकुदबाट क्रिकेटमा विभिन्न अवसर रहेका छन् त्यसको लागि र आफनो भविष्य निर्माण गर्न सहज होस भन्ने उदेश्यलाई मध्ये नजर गर्दै विद्यालयले विगत एक वर्षदेखी यो लिगको आयोजना गर्दै आएको बताउनु भयो । अब बाँकी खेल आउँदो शुक्रवार हुने भएका छन् ।

सम्बन्धित

Comments are closed.