महेन्द्रनगर । ”स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद”भन्ने मुल नारा सहित बेलौरी नगर खेलकुद समितिको आयोजनामा १६ औं संस्करणको नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको मंगलबार सुदुर पश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले उद्घाटन गर्नुभएको छ।
बेलौरीको खुलामञ्चमा आयोजित कार्यक्रमको सभापति बेलौरी नगर खेलकुद समितिका अध्यक्ष रामेश्वर न्यौपाने, प्रमुख अतिथि सुदुर पश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्ट, बिशिस्ट अतिथी बेलौरी नगरपालिकाका प्रवक्ता एवं कार्यवाहक नगरप्रमुख हर्क बहादुर भूल,
अतिथिमा बेलौरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत झपिराज ओझा, महाकाली माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह बोहरा, सुरक्षाकर्मी लगायत राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं सुदुर पश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले खेलकुदले विद्यार्थीको शारीरिक,मानसिक साथै आत्मिक तन्दुरुस्त बनाउने र सिकाइमा ताजापन ल्याउनमा खेलले ठूलो भूमिका खेल्ने बताउँदै
आफु स्वयं यसै क्षेत्रको नागरिक भएको हैसियतले खेलाडी भाइ बैनिहरूको विकासका लागि आफुले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
Comments are closed.