डोटीको जोरायलमा करेन्ट लागेर वडा सदस्यको मृत्यु

महेन्द्रनगर । डोटीमा करेन्ट लागेर वडा सदस्यको मृत्यु भएको छ । जोरायलमा मंगलबार करेन्ट लागेर वडा नम्वर ६ का वडा सदस्यको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जोरायल गाउँपालिका वडा नं। ६ गावर बस्ने वर्ष २८ को खेम साउँदको मृत्यु भएको हो ।

दिउँसो करिब २ बजेको समयमा उनलाई आफ्नै कोठामा करेन्ट लागेको थियो । बिजुलीको तार सर्ट भई छातीमा करेन्ट लागेर घाईते भएका उनलाई आफन्तले उपचारको लागी बेलुका ५ बजे सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याएको र उपचारको क्रममा ५ बजेर २७ मिनेट जाँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ऊनी २०७९ को निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए ।

सम्बन्धित

Comments are closed.