जापान कराते डो.कोशिकाई सितोरियो संघ नेपाल फेरी रच्यो ईतिहास, १३ स्वर्णसहित नेपाल प्रथम

महेन्द्रनगर । जापान कराते डो.कोशिकाई सितोरियो संघ नेपाल फेरी ईतिहास रच्न सफल भएको छ । भारतको फरिदावादमा पुस १२, १३ र १४ गते आयोजना भएको १३आँै अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा उजबेकिस्तान ,बङ्गलादेश, जापान, ईरान, भारत, नेपालको सहभागिता रहेको थियो ।सबै देशलाइ पछि पार्दै नेपालले प्रथम स्थान हासिल गर्न सफल भएको छ ।उक्त प्रतियोगितामा नेपाल प्रथमस्थानमा, ईरान दोस्रो स्थानमा र उज्वेकिस्तानले तेस्रो स्थानमा रहेको छ ।

संघका खेलाडीहरुले १३ स्वर्ण ,९ रजत,३ कास्य पदक जितेर नेपाललाई प्रथम स्थान दिलाउन सफल भएका हुन । खेलाडीहरुको अथक मिहिनेतले गर्दा नै उनिहरुले अन्तर्राष्ट्रिय स्तरमा नेपालको झण्डा फरफराउन सफल भएका हुन । मंगलवार खेलाडीहरु, अफिसियल गुरुहरुलाइ अभिभावक र समितिका पदाधिकारीहरुले भव्य स्वागत गरेका छन् ।

विगतमा आयोजना भएका विभिन्न प्रतियोगिता पनि संघले अन्तर्राष्ट्रिय स्तरमा ईतिहास रचेर देशको नाम सम्मानको साथमा उच्च राख्न सफल भएको र अहिले पनि ५ वटा देशलाई पछि पार्दै प्रथम स्थान हात पार्न सफल भएको हो ।

जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालका केन्द्रिय महासचिव कराँते नेपालका ग्राण्ड मास्टर हन्सी अभिषेक सिंहले आफनो संघले अहिले सम्म आयोजना भएका र आफुहरुले भाग लिएको कुनैपनि प्रतियोगितामा अब्बल र प्रथम सावित भएर देशको नाम राख्न सफल भएको बताउनु भयो ।

अहिले पनि बाहिरी देशका खेलाडीहरुको अगाढी खेल खेल्न खेलाडीहरुलाई चुनौती रहेको भएपनी विगतमा खेलेका खेलको अनुभव र आफनो प्रशिक्षणले उनिहरुलाई पदक जित्न सहजता भएको बताउनु भयो ।

विगतदेखी देशका लागि खेलाडीहरुले आफनो खुन पसिना बगाएको भएपनि नेपाल सरकारले आफनो खेलाडीहरुको उचित पहिचान गर्न नसकेको बताउनु भयो । साथै खेलाडीहरुको आधारभुत कुराहरुमा प्रदेश सरकार अनविज्ञ रहेको उदार देखिएको दुखेशो पोख्नु भयो ।

यदी यस्तै अवस्था रहने हो भने, अब खेलाडीहरुले पनि आफनो मागका लागी आन्दोलन गर्नुपर्ने अवस्था आउने बताउनु भयो । अभिभावक मनिराम दयालले आफनी छोरीले १३आँै अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा गोल्ड मेडल पाएको प्रती खुसी व्यक्त गर्नुभयो ।

साथै उहाँले गुरुहरुलाई पनि धन्यवाद व्यक्त गर्नुभयो, साथै उहाँले सरकारले पनि यस्ता प्रतियोगितामा आर्थिक सहयोग गरेर खेलाडीहरुको हौसला बढाउनु पर्ने बताउनु भयो ।

जिल्ला सहायक प्रमुख प्रशिक्षक गणेश भट्टले आफु विगतमा पनि भएका विभिन्न प्रतियोगितामा स्वर्ण पदक जितेको र अहिलेको यो प्रतियोगितामा पनि गोल्ड मेडल ल्याएर देशको नाम राख्न पाउँदा हर्षीत भएको बताउनु भयो ।

अर्का खेलाडी पुजा चौधरीले पनि आफुले आफनो मिहिनेत र गुरुहरुले सिकाएको सिपले गोल्ड मेडल जित्न सफल भएको बताउनु भयो । आगामी दिनमा पनि थप गोल्ड मेडल जित्ने हौसला मिलेको उहाँको भनाइ रहेको छ ।

 

सम्बन्धित

Comments are closed.