सुन अहिलेसम्मै महंगो, तोलाको ९० हजार ६ सय रुपैयाँ

सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ ।सोमबार अहिलेसम्मै महंगो भएको सुनको भाउ मंगलबार घटेको हो । सुन मंगलबार तोलाको ९० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको भाउ तोलामा ९१ हजार रुपैयाँ पुगेको थियो । यो अहिलेसम्मै महंगो हो ।

अस्ति आइतबार पनि सुन तोलाको ९० हजार ६ सयमा कारोबार भएको थियो । आज चाँदी तोलाको १० रुपैयाँ घटेर ९ सय ४० रुपैयाँ कायम भएको छ । चाँदी हिजो तोलाको ९ सय ५० रुपयाँ थियो । महासंघका अनुसार कोरोना सङ्क्रमणको जोखिमपछि लकडाउन र भाउ बढेका कारण सुनचाँदीको कारोबार लगभग ठप्प जस्तै छ ।

आम्दानी घटेकाले पनि सुन किन्नेभन्दा बेच्न खोज्नेहरु बढेका व्यवसायीको भनाई छ

सम्बन्धित

Comments are closed.