महाकाली मोडन पब्लिक स्कुलमा खेलकुद सप्ताह सुरु

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ३ भाँसीमा रहेको महाकाली मोडन पब्लिक स्कुलमा खेलकुद सप्ताह सुरु भएको छ । सोमवार एक कार्यक्रमको आयोजना गर्दै विद्यालयका संस्थापक प्रिन्सीपल दिजराज भट्टले उदधाटन गर्नु भएको छ ।

साथे उक्त कार्यक्रममा एमपिएल क्रिकेट र राष्ट्रपती रनिङ शिल्डमा पाएका ट्रफीहरु र उत्कृष्ट खेलाडी विद्यार्थीहरुलाई मेडल प्रदान गरीएको थियो । उद्घाटन समारोहमा बोल्दै संस्थापक प्रधानाध्यापक भट्टले खेलकुदले स्वस्थ्य शरिर,अनुशासन, सहकार्य र नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।

पढाइसँगै खेलकुदमा सक्रिय हुँदा विद्यार्थीहरू शारीरिक रूपमा स्वस्थ र मानसिक रूपमा सबल हुने अहिले खेलकुदको माध्यमबाट आफनो क्षेत्रको नाम र दाम पनि हुने अवस्थाको सिर्जना भएको भएर यो खेलकुदबाट प्रतिभावान खेलाडीहरुको पहिचान पनि हुने बताउनु भयो ।

हरेक वर्ष विद्यार्थीहरुको प्रतिभा प्रष्फुटन होस र उनिहरुले आफनो अध्ययन संगै खेलबाट पनि आफनो पहिचान बनाउन सक्नुपर्छ भनेर यो खेलकुद सप्ताहको आयोजना गरीएको बताउनु ।

विद्यालयमा आफनो खेल देखाएर जिल्ला, प्रदेश, हुँदै, राष्ट्रका लागी खेल खेल्नेगरी आफनो तयारी गर्न आग्रह गर्नु भयो ।

खेलकुद सप्ताहअन्तर्गत फुटबल, भलिबल, दौड, लङ जम्प, हाई जम्प, कबड्डी, शटपुट, चेस, ब्याटकिन्टन, टेबुल टेनिश रिले दौडलगायत विभिन्न खेल प्रतियोगिताहरू सञ्चालन गरिने विद्यालयले जनाएको छ। प्रतियोगितामा कक्षा–कक्षाबीच प्रतिस्पर्धा गराइनेछ ।

४ वटा हाउस जस्मा रातो, पह्ेलो हरिया र निलो हाउसको निर्माण गरी खेल खेलाइने भएको छ । विद्यालयका अनुसार खेलकुद सप्ताहको समापन समारोहमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

यस कार्यक्रमले विद्यार्थीहरूमा खेलप्रतिको रुचि बढाउने विश्वास विद्यालयले व्यक्त गरेको छ ।

 

सम्बन्धित

Comments are closed.