महेन्द्रनगर । डडेल्धुराका उदयमान गायक प्रज्वल कार्कीले आफनो दोस्रो गित बजारमा ल्याएका छन् । उनले शुक्रवार रहेन केही नमक गित बजारमा ल्याएका हुन् ।
शब्द र कथा मिलन भट्टराईको रहेको छ भने, अनमोल थापाको संगित रहेको उक्त गितको निर्देशन निकेश खडकाको रहेको छ । उक्त गितमा कलाकार आकाश श्रेष्ठ र करुणा श्रेष्ठको अभिनय रहेको छ ।
उक्त भिडियो मिलन भट्टराई नामक युटयुव च्यानेलबाट सार्वजनिक भएको छ ।
डडेल्धुराका उदयमान गायक कार्की अहिले काठमाण्डौमा रहेर आफनो सांगितिक यात्रालाई अगाढी बढाई रहेका छन् ।
Comments are closed.