डस्टबिनबाट सुन निकाल्दै गरेका विमानस्थलका सरसफाइ कर्मचारी पक्राउ

महेन्द्रनगर । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सरसफाइको काम गर्ने एक कर्मचारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनगाभा सगरमाथा सर्भिस प्रालि कम्पनीमार्फत विमानस्थल सरसफाइमा खटिने ४० वर्षीय डिकबहादुर राउत छन् ।

उनलाई विमानस्थल प्रहरीले पक्राउ गरेको हो ।  उनले विमानस्थलमा रहेको डस्टबिनको फोहरबाट सुन निकालेर बाहिर लैजान लागेको पाइएपछि पक्राउ गरिएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले जानकारी दिए ।

फोहरको पोकोलाई स्क्रिनिङ गर्दा ४।४ ग्रामको सुन फेला परेको हो ।

सम्बन्धित

Comments are closed.