सुनको भाउ तोलाको ९१ हजार ७ सय रुपैयाँ, नयाँ रेकर्ड

सुनको भाउले फेरि नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको भाउ तोलाको ९१ हजार ७ सय रुपैयाँ तोकिएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।

यसअघि आइतबार र सोमबार सुनको भाउ तोलाको ९१ हजार तीन सय रुपैयाँ रहेकोमा हिजो एक सय रुपैयाँ घटेको थियो । चाँदीको भाउ पनि आज तोलामा १५ रुपैयाँ बढेर ९ सय ६० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अस्थिर रहेको छ । कारोबार नहुँदा सुनचाँदी बजार सुनसान जस्तै छ । विवाहको सिजनमा पनि गरगहना बिक्री नभएको व्यवसायीको भनाइ छ ।

सम्बन्धित

Comments are closed.