२२ असार (सोमबार)सम्म ३५ अर्ब रुपैयाँ आन्तरिक राजस्व संकलन

जेठसम्म आन्तरिकतर्फ कर संकलनमा समस्या भोगिरहेको सरकारलाई असार महिनामा भने परिस्थिति सहज बन्दै गएको छ । १ असारपछि सरकारले लकडाउन केही खुकुलो पार्‍यो । त्यसपछि करदाताबाट समेत कर संकलन हुने क्रम बढेको छ ।

आन्तरिक राजस्व विभागका अनुसार २२ असार (सोमबार)सम्म ३५ अर्ब रुपैयाँ आन्तरिक राजस्व संकलन भइसकेको छ । यसप्रकार असारमा मात्र दैनिक साढे १ अर्ब रुपैयाँको दरले राजस्व संकलन भइरहेको विभागको तथ्यांक छ ।

विभागका महानिर्देशक विनोद कुँवरका अनुसार करदाताबाट कठिन परिस्थितिका वावजुद राजस्व आउने क्रम जारी रहेको छ । यसले असार महिनामा सरकारलाई ठुलो राहत दिएको छ । भन्सार राजस्व केही कम भए पनि निरन्तर उठेको थियो । तर, आन्तरिक राजस्व भने चैत र वैशाखमा लक्ष्यभन्दा निकै कम उठेको थियो । जसले गर्दा सरकार दबाबमा आएको थियो । जेठ १५ पछि अर्थमन्त्री स्वयंले अर्थतन्त्र निकै चापमा परेको बताएका थिए । अहिले उनको बोली फेरिएको छ । यसो हुनुमा आन्तरिक राजस्वमा देखिएको संतोषजनक संकलन पनि हो ।

लकडाउन खुकुलो भएपछि राजस्व संकलन वृद्धि

लकडाउन केही खुकुलो बनाएपछि राजस्व संकलनमा समेत वृद्धि भएको हो । खासगरी भ्याट तिर्नुपर्ने व्यवसायीको कर जनताकै पैसा भएका कारण यो रकम तिर्नुपर्ने नैतिक दबाव व्यवसायीमा थियो । त्यसमाथि सरकारले समेत रकम उठ्न सक्ने स्थानमा अप्रत्यक्ष रुपमा दबाव सिर्जना गरेको थियो । यसले क्रमशः राजस्व खातामा रकम बढ्दै गएको हो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.