अरुणीमा विद्या मन्दिरद्वारा पाठ्यपुस्तक रहित शुक्रबारमा सामाजिक उत्तरदायित्व कार्यक्रम

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टाखामस्थित अरुणीमा विद्या मन्दिरले पाठ्यपुस्तक रहित शुक्रबार कार्यक्रमको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत समाजसेवा मूलक कार्यक्रम सम्पन्न गरेको छ।विद्यालयका कक्षा ५ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरूले महेन्द्रनगरस्थित समाज कल्याण अञ्चल बाल अनाथालयमा पुगेर खाद्यान्न तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन्। विद्यार्थीहरूले अनाथालयमा रहेका बालबालिकासँग अन्तरक्रिया गर्दै सहयोग सामग्री प्रदान गरेका थिए।

यसै अवसरमा विद्यार्थीहरूले भीमदत्त नगरपालिकाको कार्यालयको समेत अवलोकन गरेका थिए। अवलोकनका क्रममा नगरपालिकाले प्रवाह गर्ने सेवा, विकास निर्माणका गतिविधि तथा स्थानीय सरकारको कार्यसम्पादनबारे जानकारी लिएका थिए। प्रमुख प्रशासकिय अधिकृत हरी सिंहले सहजिकरण गर्नु भएको थियो ।

विद्यालयका प्रिन्सिपल दीपेन्द्र प्रसाद भट्टले पाठ्यपुस्तक रहित शुक्रबार कार्यक्रमको उद्देश्य विद्यार्थीलाई केवल कक्षाकोठामा सीमित नराखी सामाजिक उत्तरदायित्व, मानवीय संवेदना तथा व्यवहारिक शिक्षासँग जोड्नु रहेको बताउनुभयो। यस्ता कार्यक्रमले विद्यार्थीमा सहयोग, सहानुभूति र सामाजिक चेतनाको विकास हुने विश्वास व्यक्त गर्नुभयो।

सम्बन्धित

Comments are closed.