महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीमा रहेको मा रहेको महाकाली मोडर्न पब्लिक स्कुलले सुदूरपश्चिमको मौलिक पर्व गौरालाई भव्यताका साथ मनाएको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले गौरा नाच, देउडालगायतका विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए ।

विद्यार्थीहरूले गौरा पर्वको मौलिक संस्कृति र परम्परालाई झल्काउने नृत्य तथा प्रस्तुति दिएका थिए । यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई स्थानीय कला, संस्कृति, परम्परा र धार्मिक महत्वबारे जानकारी गराउनुका साथै आफ्नो मौलिक संस्कृतिको संरक्षण र पुस्तान्तरणमा समेत सहयोग पुग्ने विद्यालयका संस्थापक प्रिन्सिपल दिजराज भट्टले जानकारी दिनुभयो ।
अध्ययनसँगै विद्यार्थीहरूलाई कला, संस्कृति र परम्परासँग जोड्ने उद्देश्यले विभिन्न अवसरमा यस्ता कार्यक्रम आयोजना गर्दै आएको उहाँको भनाई रहेको छ ।
कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
Comments are closed.