महेन्द्रनगर । कञ्चनपुरमा बालबालिकाहरूले बाल विवाह न्यूनीकरण तथा सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनचेतनामूलक पोस्टर प्रदर्शन गरेका छन्।भीमदत्त नगरपालिका–३ स्थित जनज्योति चोक र ब्रह्मदेव चोकमा आयोजित कार्यक्रममा बालबालिकाहरूले बाल विवाहविरुद्ध र जलवायु परिवर्तनका असरसम्बन्धी विभिन्न सन्देश लेखिएका पोस्टर हातमा बोकेर सडक किनारमा उभिएर सर्वसाधारणलाई सचेत गराएका हुन्।

पेसवान संस्थाको सहकार्यमा प्रगतिशील किशोरी समूह र एकता किशोरी समूहले संयुक्त रूपमा आयोजना गरेको उक्त अभियानमा बाल विवाह गर्नु हुँदैन बाल विवाहले बालबालिकाको भविष्य अन्धकार बनाउँछ शिक्षा, स्वास्थ्य र समान अवसर सुनिश्चित गरौँ तथा जलवायु परिवर्तनबाट जोगिन वातावरण संरक्षण गरौँ जस्ता सन्देश समेटिएका पोस्टर प्रदर्शन गरिएको थियो ।

प्रगती किशोरी समुहका सदस्य जिज्ञाशा विकेले विभिन्न जनचेतना मुलक सन्देश लेखेर चेतना दिनका लाग ियो कार्यक्रमको आयोजना गरीएको बताउनु भयो । उहाँले बाल विवाह गर्नुहुदैँन, छोरीलाई पढने वातावरण दिनु पर्ने, वातावरण प्रदुषण गरिनु हुदैँन, जलवायु परिवर्तनले गरिवी निम्त्याउँछ,
गरिवीले वालविवाह, सानै उमेरको विवाहले खोस्छ खुशी, उमेर पुगेर मात्र विवाह सुखमय जिवनको आधार भन्ने विभिन्न जनचेतना मुलक सन्देश आफुहरुले आम जनमानसलाई दिन खोजेको बताउनु भयो ।
यसैगरी, एकता किशोरी समूहका सदस्य कल्पना विष्टले बाल विवाह जस्तो सामाजिक कुप्रथा अन्त्य गर्न समुदायस्तरमै जनचेतना फैलाउनु आफुहरु सडकमा उभिएको बताउनु भयो ।
साथै यस्ता अभियानले अभिभावक, किशोर–किशोरी तथा समुदायलाई सकारात्मक सन्देश प्रवाह गर्ने भएकोले आफुहरुले आज यो कार्यक्रमको आयोजना गरेको जानकारी गराउनु भयो ।
Comments are closed.