महेन्द्रनगर । कञ्चनपुरमा कटुवा पेस्तोल सहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । सोमवार वडा प्रहरी कार्यालय महेन्द्रनगर कञ्चनपुरबाट खटि गएको प्रहरी टोलिले भिमदत्त नगरपालिका वडा नम्बर १८ सालघारीमा कैलाली गोदावरी नगरपालिका वडा नं. ०१ बस्ने बर्ष २० को पारस रोकाया, बेल्डाडी गाउँपालीका वडा नम्बर ०३ बस्ने बर्ष १८ को बिपिन सिंह, बर्ष २० को नितेश सिंह र कृष्णपुर नगरपालीका वडा नम्बर ०६ बस्ने बर्ष २० को राजेन्द्र सिंह गोयला लाइृ पक्राउ गरेको हो ।
चारजनालाई शंकालागी सोधपुछ तथा चेकजाचँ गर्दा मोवाईलमा कटुवा पेस्तोल सहितको फोटोरभिडियो देखिए पछि प्रहरीले थप अनुसन्धान गरेको थियो ।
बिपिन सिंह बस्दै आएको भिमदत्त नगरपालिका वडा नम्बर १८ मामा भान्जा चोकको डेरामा रितपुर्वक खानतलासी गर्दा निजहरुले लुकाई छिपाई राखेको कटुवा पेस्तोल फेला परेको थियो ।
उनिहरुलाई नियन्त्रणमा लिई कानून बमोजिम बरामद गरी आवश्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
Comments are closed.