कञ्चनपुरमा १५ वर्षमुनिका फुटबल खेलाडीको प्रदेशस्तरीय छनोट

महेन्द्रनगर । कञ्चनपुरमा १५ वर्षमुनिका फुटबल खेलाडीहरूको प्रदेशस्तरीय छनोट कार्यक्रम आयोजना गरिएको छ । शनिवार कञ्चनपुरको कभर्डहलमा जिल्लास्तरबाट छनोट भएका खेलाडीहरूबीच प्रदेशस्तरीय छनोट गरिएको हो । छनोट कार्यक्रममा कञ्चनपुरसहित कैलाली तथा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाबाट छनोट भएका १५ वर्षमुनिका खेलाडीहरूको सहभागिता रहेको थियो । फिफाको कार्यक्रमअन्तर्गत अजरवैजानमा आयोजना हुने ‘वर्ल्ड कप फेस्टिभल’मा सहभागी गराउने उद्देश्यले खेलाडीहरूको छनोट भइरहेको सुदूरपश्चिम फुटबल संघले जनाएको छ ।

छनोट भएका खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरको फुटबल गतिविधिमा सहभागी हुने अवसर पाउने जनाइएको छ । सुदूरपश्चिम फुटबल संघका अध्यक्ष दिनेश श्रेष्ठले छनोट भएका खेलाडीहरू नै भोलिका दिनमा नेपाली फुटबलका कर्णधार बन्न सक्ने बताउनुभयो ।

उहाँले विश्वकप फेस्टिभलमा सहभागी हुँदा खेलाडीहरूले विभिन्न देशका खेलाडी तथा टोलीसँग खेल्ने र उनीहरूको खेल हेर्ने अवसर पाउने भएकाले त्यसबाट आफ्नो खेललाई थप निखार्न सहयोग पुग्ने बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले यस्ता कार्यक्रमले सुदूरपश्चिममा रहेका प्रतिभावान् बाल खेलाडीको पहिचान र विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

खेलकुदको अवस्था अहिले पनि राम्रो बन्न नसकेको अवस्थामा यो फुटबल फेस्टिवेलले राम्रो सिकाई हुने र खे्लाडीहरुले पनि केही न केही सिक्ने अपेक्षा रहेको बताउनु भयो ।

पन्ध्र वर्ष मुनिका खेलाडीहरुले आफनो भविष्य फुटबलमा देखे भएर यो स्वर्णिम अवसर रहेको र आगामी दिनमा उनहरुले फुटबलमा राम्रो गर्न सक्ने रहेको बताउनु भयो ।

जिल्ला अध्यक्ष गणेशबहादुरर चन्दले जिल्लाबाट छद्धनौट भएका खेलाडीहरुले आज दोस्रो चरणको प्रदेश स्तरिय छनौट भएको र केन्द्रबाट आउनु भएका प्रशिक्षकहरुले छनौट गर्ने कार्यक्रम रहेको बताउननु भयो ।

सम्बन्धित

Comments are closed.