महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ३ भासीमा रहेको महाकाली मोडर्न पब्लिक स्कुलले महाकाली मोडर्न प्रिमियर लिग अर्थात एमएमपिएल तेस्रो संस्करणको आयोजना गर्ने भएको छ । सोसियल हिरोज, कम्प्युटर वारियर्स, साईन्टिफिक ईन्भेष्टर, म्याथम्याटिक्स ब्लाष्टर, हेल्थ सुपर जियन्टस, र अप्सनल म्याथ सुपर स्टार गरी ६ वटा टिमले उक्त लिगमा भाग लिने भएका छन् ।

मंगलवार उक्त लिगका लागि खेलाडीहरुको अक्शन अर्थात खेलाडीहरुलाई खरिद गर्ने कार्यक्रम सम्पन्न भएको छ । ओपेरा होटलमा आयोजना भएको उक्त कार्यक्रममा ६ वटा टिमले खेलाडीहरुको लागी बोली लगाएका थिए । गएको हप्तामा विद्यालयमा खेलाडहिरु छनौट गरेर उनिहरुलाई ब्याटिङ र बलिङमा अंक प्रदान गरीएको थियो । त्यसैको आधारमा खेलाडीहरुलाई अक्शनमा राखेर आजको यो कार्यक्रमको आयोजना गरीएको महाकाली मोडर्न पब्लिक स्कुलका संस्थापक प्रिन्सिपल दिजराज भट्टले जानकारी दिनुभयो ।

उहाँले विगतको वर्षदेखी नै आफुहरुले यो प्रतियोगिताको आयोजना गर्दै आएको र यो तेस्रो वर्षमा आएर पनि अक्शन कार्यक्रमको आयोजना गरेको बताउनु भयो । यो वर्ष जुन खेलाडी जती रकममा खरिद भएको छ नगद रकम खेलाडीलाई नै प्रदान गरीने बताउनु भयो ।

साथै विद्यार्थीहरुको सर्वाङगिण विकास उनिहरको सिपकला र उनिहरुले आफुमा भएको खेललाई यो सलग मार्फत देखाउन पाउने अवसर पनि रहेको बताउनु भयो । खेल जगतबाट पनि विद्यार्थीहरुको पहिचान बनाउन र उनिहरुलाई भविष्यमा खेलबाट पनि नाम दाम दुवै कमाउन सकिन्छ भन्ने उदाहरण दिनका लागि पनि यो र्काक्रमको आयेजना गरीएको बताउनु भयो ।
विद्यालयका संस्थापक हर्कबहादुर धामीले यो खेलकुदबाट क्रिकेटमा विभिन्न अवसर रहेका छन् त्यसको लागि र आफनो भविष्य निर्माण गर्न सहज होस भन्ने उदेश्यलाई मध्ये नजर गर्दै विद्यालयले विगत एक वर्षदेखी यो लिगको आयोजना गर्दै आएको बताउनु भयो । सुदूरखबर वानका संचालक एवम कला स।स्कृती प्रेमी प्रकाश कलौनीको पनि उपश्थिती रहेको थियो ।
Comments are closed.