कञ्चनपुर। वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल पेसवानको पाँचौँ वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ।संस्था का अध्यक्ष डा। तिलमाया ढकाल खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय इकाई प्रमुख दुर्गादत्त बोहरा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, परियोजना सञ्चालन भइरहेका वडाका वडा अध्यक्ष तथा जनप्रतिनिधि, समुदायका प्रतिनिधि, विभिन्न गैरसरकारी संघसंस्थाका प्रतिनिधि तथा साझेदार संस्थाका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा अध्यक्ष डा। तिलमाया ढकाल खरेलले स्वागत मन्तव्य राख्नुभएको थियो। संस्थाका कोषाध्यक्ष पदम पाठकले आर्थिक वर्षको आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो भने राजेन्द्र उप्रेतीले सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
सामाजिक परीक्षणका क्रममा सहभागी सरोकारवालाहरूले एभ्क्ध्ब्ल् ले समुदायस्तरमा शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन तथा बालविवाह न्यूनीकरणलगायतका क्षेत्रमा पारदर्शी र प्रभावकारी रूपमा काम गर्दै आएको भन्दै सकारात्मक प्रतिक्रिया दिएका थिए।
सहभागीहरूले समुदायको आवश्यकता पहिचान गरी स्थानीय सरोकारवालासँगको समन्वयमा सञ्चालन गरिएका कार्यक्रम प्रभावकारी रहेको उल्लेख गर्दै आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा सरोकारवालाहरूले संस्थाको कार्यसम्पादन, उपलब्धि तथा आगामी कार्यदिशाबारे विभिन्न सुझावसमेत दिएका थिए। सामाजिक परीक्षणले संस्थाका कार्यक्रम तथा आर्थिक गतिविधिमा पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
वार्षिक साधारण सभाले संस्थाका विगतका गतिविधिको समीक्षा गर्दै आगामी दिनमा कार्यक्रमलाई अझ प्रभावकारी, पारदर्शी र उत्तरदायी ढंगले सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
Comments are closed.