बोक्टानी किंगको चलचित्र नन्दीको सिक्वेल आउने

बोक्टानी किंगको चलचित्र नन्दीको सिक्वेल आउने
डोटेली भाषाको चलचित्र बनाउन क्रियाशील नायक तथा निर्माता बोक्टानी किंगको नन्दी चलचित्र प्रदर्शनको तयारीमा थियो । लगभग सबै ठीक्क थियो तर त्यही बिचमा लकडाउन भयो । लकडाउन केही समयका लागि खुले पनि फिल्म हल भने निरन्तर रुपमा बन्द हुँदा नन्दीले दर्शक सम्म जान पाएन ।

 दर्शक सम्म पुग्न नपाएपनि अहिले निर्माता तथा नायक बोक्टानी किंगले त्यो चलचित्र सुपका सयौँ चलचित्र कर्मि तथा दर्शकलाई परीक्षण स्वरुप देखाएको बताउँछन्, फिल्म हेरेकाहरुबाट अति नै राम्रो प्रतिक्रिया आएपछि बोक्टानी किंग अहिले नन्दीको सिक्वेल जय नन्दी नामक अर्को फिल्म बनाउने योजनामा रहेको कुरा जानकारी गराएका छन् । बोक्टानीका अनुसार अब छिट्टै नन्दीको सिक्वेल जय नन्दीको छायाङ्कन गर्ने तयारीमा छन् ।बोक्टानीले यस चलचित्रका लागि कलाकार पनि फाईनल हुने चरणमा रहेको बताए । कलाकार फाईनल भएपछि उनी चलचित्रको केही अंश छायाङ्कनका लागि दक्षिण भारत जाने योजनामा पनि छन् । नन्दी सार्वजनिक नहुँदै यसको सिक्वेल बनाउने सुर कसिरहेका बोक्टानीको नन्दी र त्यसको सिक्वेल कस्तो बनेको छ भनि आम दर्शकले चलचित्र पर्दामा प्रशर्दन भएपछि थाहा पाउने नै छन् । यस क्षेत्रमा लाग्नु पूर्व धनगढीको साल्टटे«डिङ्ग भवन स्थित विनोदको कपडा पसलमा एक दिन एक जना व्यक्ति चौधरी भाषाको चलचित्र ‘बटवारा’का लागि आवश्यक कपडा किन्न आए । कपडाका ती ग्राहकसँग विनोद बोहराले त्यस चलचित्रका बारेमा केही वार्तालाप गरे पछि उनलाई त्यस फिल्म प्रति जिज्ञासा जाग्यो र उनी त्यस चलचित्र छायाङ्कन भइरहेको स्थानमा छायाङ्कन कसरी हुँदो रहेछ भनि हेर्न नै पुगे गए ।

 बालापनमा मनमा जन्मिएको चलचित्रको किरो त्यसै सुसुप्त अवश्थामा थियो तर जब उनी त्यो चौधरी चलचित्रको छायाङ्कन हेर्न गए, तब अवश्था फेरियो । त्यस घटनाले उनको मनमा रहेका फिल्मी किरोलाई सक्रिय बनाई दियो ।बोक्टानी भित्र सक्रिय भएको फिल्मी किरोले बोक्टानीलाई तेस्रो फिल्म निर्माण सम्म पुगाएको छ ।

सम्बन्धित

Comments are closed.