बैतडीको दोगडाकेदार गाउँपालिकामा फस्फोराईड अन्वेषणात्मक ड्रिलिङ्ग कार्य सुरु

बैतडीको दोगडाकेदार गाउँपालिकामा फस्फोराईड अन्वेषणात्मक ड्रिलिङ्ग कार्य सुरु गरिएको छ । दोगडाकेदार गाउँपालिका ७ बसौरामा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले ड्रिलिङ्ग उद्घाटन गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले उक्त ठाउँमा डोलोमाईड चट्टान पत्ता लागे पछि खानी तथा भूगर्भ विभागले रसायनिक मल बनाउने कारखानाका लागि डोलोमाईड चट्टान उत्खन्न गर्ने तयारी गरिएको बताए ।

यस अघि खानी तथा भूगर्भ विभागले असोज ५ गते प्राबिधिकको टोली बैतडी पठाएको थियो ।

विभागका वरिष्ठ भूगर्भविद् कुमार खड्का र भूगर्भविद् सुजन देबकोटा लगायतको टोली असोज १२ गते बैतडीको दोगडाकेदार पुगेको थियो । खानी तथा भूगर्भ विभागले चासो देखाएपछि गाउँपालिकामा फस्फोराईड खानी उत्खनन हुने भएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.