लोक सेवा आयोगद्धारा सम्पूर्ण लिखित परीक्षा स्थगित

लोक सेवा आयोगद्धारा सम्पूर्ण लिखित परीक्षा स्थगित
महेन्द्रनगर, ३ कार्तिक
लोक सेवा आयोगले कात्तिक १६ गतेदेखि लिने सम्पूर्ण लिखित परीक्षा स्थगित गरेको छ । आयोगले सोमबार एक सूचना जारी गर्दै लोकसेवा आयोगका लिखित परीक्षा स्थगित गरेको जानकारी दिएको हो ।

 कोरोना महामारीका कारण परीक्षामा सहभागी हुने उम्मेदवारहरुमा सिर्जना भएको भय र आयोगका कर्मचारीमा समेत संक्रमण पुष्टि भएका कारण अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको सूचनामा जनाइएको छ । कर्मचारीहरु आइसोलेसनमा रहेको कारण परीक्षा व्यवस्थापनमा जनशक्ति खटाउन एवं परीक्षा व्यवस्थापन गर्न समस्या उत्पन्न भइ तत्काल परीक्षा संचालन गर्न कठिनाइ भएकाले आयोगले पूर्व निर्णय बमोजिम तोकिएको निजामति सेवा, सुरक्षा निकाय र संगठित संस्थातर्फका मिति २०७७ साल कार्त्तितक १६ गतेदेखि संचालन हुने सम्पूर्ण लिखित परीक्षा हाललाई स्थगित गरिएको हो,’ सूचनामा भनिएको छ ।

सम्बन्धित

Comments are closed.