कञ्चनपुरको महेन्द्रनगर बजारमा एक युवक मृत फेला परेका छन् । महेन्द्रनगर बजारमा रहेको भानु पाटी पैलेस नजिकै आज बिहान मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीका अनुसार ति युवक घाँटीमा टेलिफोनको तारले बेरिएको अवस्थामा फेला परेका छन् ।
उनको पहिचान भने हुन सकेको छैन । घटनाबारे अनुसन्धानका जारी रहेको उनले बताए ।
Comments are closed.