सुदुरपश्चिम प्रदेशमा सोमवार थप ६ जनामा कोरोना भाइरसको सक्रमण पुष्टि

 सुदुरपश्चिम प्रदेशमा सोमवार थप ६ जनामा कोरोना भाइरसको सक्रमण पुष्टि भएको छ । सोमवार सुदुरपश्चिम प्रदेशमा रहेका तीन ओटा प्रयोगशालामा भएको परीक्षणमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सोमवार कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशाला, डडेल्धुरा अस्पतालमा रहेको प्रयोगशाला र अछामको कमलबजार नगरपालिकामा रहेको प्रयोगशालामा भएको परीक्षणमा २÷२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । सोमवार कोरोना भाइरसको संक्रमण पुष्टि हुनेमा कैलालीका १ जना, डडेल्धुराका २ जना, बैतडीका १ जना, कञ्चनुरका १ जना र बाजुराका १ जना रहेका छन् । सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार सुदुरपश्चिम प्रदेशमा कोरोनाका संक्रिय संक्रमितको संख्या १ हजार ३ सय २५ जना रहेको छ ।

सम्बन्धित

Comments are closed.