जनमोर्चाको कालापानी अभियान (मार्च) सुरु

महेन्द्रनगर मंसिर १२
भारतले भूमी मिचेको विरोधमा राष्ट्रिय जनमोर्चा सुदुरपश्चिम प्रदेश कमिटिले कैलालीको धनगढीदेखि दार्चुलासम्म मोटरसाईकल ¥याली तथा कालापानी अभियान (मार्च) सुरु गरेको छ । राष्ट्रिय जनमोर्चा सुदूरपश्चिमका संयोजक तथा केन्द्रिय सदस्य मनोज भट्टले कालापानी, लिपुलेक र लिम्पियाधुरा सहित सार्वजनिक गरिएको भारतीय नक्सा खारेजीको माग सहित मार्च कार्यक्रम आयोजना गरिएको बताउनु भयो । उहाले दार्चुला जाँदा अत्तरिया, खानीडाडा, बुडर भात्काडा, डडेल्धुरा लगायतका बजारमा कोण सभा पनि गरिने बताउनु भयो । धनगढीमा मार्चपास कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश संयोजक भट्टले नेपाली भुमीलाई भारतले आफ्नो नक्सामा पार्न कार्यले नेपालको राष्ट्रियता र सार्वभौम अखण्डतामाथी ठाडै हस्तक्षेप भएको दावी गर्नुभयो । जनतालाई आफ्नो पार्टीतिर आकर्षित गर्न मात्र नभइ यो अभियान देशको सिमा बचाउनका लागि भएको भन्दै उहाले नेपाली भूमि नेपाललाई फिर्ता नगरेसम्म जनता सुखका साथ बस्न नसक्ने बताउनु भयो । कालापानी सहितको भुभागलाई भारतले आफ्नो नक्सामा सामेल गर्ने कार्य तथा भारतिय सेनाको उपस्थितिका विरुद्ध सम्पुर्ण देश एक ठाउँमा उभिनुको विकल्प नभएको भट्टले जिकिर गर्नुभयो । भारतले नेपाली भुमिमा भारतीय सेना राखेयता ३३ वटा सरकार र ३६ वटा प्रधानमन्त्री बनेपनि कसैले त्यसका विरुद्ध बोल्न नसकेको उहाले बताउनु भयो । नेपालको एक इन्च भुमिको रक्षाका लागी राष्ट्रिय जनमोर्चा लड्न तयार भएको उहाले बताउनु भयो । सीमा अतिक्रमणका विरुद्ध र जनदवाव सृजना गर्न राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश कमिटीले कालापानी अभियान सुरु गरेको हो । भारतले लिपुलेक, कालापानी र लिम्पीयाधुरालाई आफ्नो राजनैतिक नक्सामा राखेर नेपालको राष्ट्रियतामाथि ठेस पु¥याएको राष्ट्रिय जनमोर्चा नेपालका सुदुरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष लोकेन्द्र लम्सालले बताउनु भयो । विश्वको ध्यान नै नेपालतिर तान्नका लागि यो एक हप्ते अभियान सञ्चालन गरिएको उहाले बताउनु भयो । जनमोर्चाले आज बुधवारदेखि सुरु गरेको कालापानी अभियान यही मंसिर १७ गते कञ्चनपुरमा पुगेर समापन हुने छ । कालापानी अभियान अन्र्तगत विभिन्न जिल्लामा पर्चा वितरण, जनभेटघाट, कोणसभा, जुलुस तथा आम सभाका कार्यक्रम हुने छन् । कालापानी अभियानको समापन कार्यक्रमलाई राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्र बहादुर केसीले सभा लाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.