नेपालमा हुन लागेको १३ औँ दक्षिण एशियाली खेलकुद सागमा सहभागी हुने तेक्वान्दोकी आयशा शाक्य र मनिता शाहीले पदक जित्ने आशा राखेका छन्।
आमा बनेपछि केही वर्षको अन्तरालमा उनीहरू तेक्वान्दो खेल्न फर्किएका हुन्। उनीहरू दुवै जना अहिले छोराछोरी घरमा छोडेर प्रशिक्षण गर्दैछन्।
आफ्नै भूमिमा आयोजना हुन लागेको सागमा नेपालले तेक्वान्द्वोमा राम्रो प्रदर्शन गर्ने अपेक्षा राखेको छ।
दुई दशकअघि सम्पन्न आठौँ सागमा नेपालले तेक्वान्दोमा १४ वटा स्वर्ण पदक जितेको थियो।
Comments are closed.