कञ्चनपुरको गड्डाचौकी नाका र कैलालीको त्रिनगर गौरीफन्टा नाका नखोलिदा समस्या

 कञ्चनपुरको भारतसंग जोडिएको सीमा नाका गड्डाचौकी र कैलालीको त्रिनगर गौरीफन्टा नाका नखोलिदा समस्या भएको व्यवसायीहरुले बताएका छन् । लकडाउनका बेला आफुहरुले सरकारले गरेको आग्रह अनुसार व्यापार व्यवसाय बन्द गरेका भएपनि अहिले भने सरकारले सीमा नाका खुला गर्ने भनि गरि सकिएको निर्णयको कार्यान्वयन नहुदा आफहरु मारमा परेको व्यवसायीहरुको गुनासो छ ।

 यसैविच नेपालको गृह मन्त्रालयले आदेश दिएको भएपनि कैलाली र कञ्चनपुर प्रशासनले सीमा नाका नखोलेको भन्दै भारतीय जनता पार्टी (भाजपा) का नेता रवि गुप्ताले आपत्ति जनाउनु भएको छ । कोरोनाविरुद्धको खोप बनिसकेकाले भारतका तर्फबाट नेपालीलाई नाकामार्फत आवतजावत गर्न कुनै रोकटोक नभएको अवस्थामा नेपालका तर्फबाट रोक लगाइने गरेको भन्दै उहाले आपत्ति जनाउनु भएको हो ।

 शनिबार कैलालीमा पत्रकारमाझ ज्ञापनपत्र पेश गर्दै उहाले नाकाहरूमा लगाइएको रोकका कारण नेपालीहरुले महँगाई झेलिरहेको तथा नेपालको पर्यटन क्षेत्रमा समेत असर परेको भन्दै तुरुन्त नाकामा आवागमन सहज बनाउन आग्रह गर्नु भयो । समाजसेवी समेत रहेका नेता गुप्ताले गृह मन्त्रालयको आदेश विपरित कञ्चनपुरको गड्डाचौकी र कैलालीको त्रिनगर गौरीफन्टामा लगाइएको रोक खुलाउन पहल गर्न सबैमा अनुरोध गर्नु भएको हो ।

 दैनिक उपभोग्य वस्तुहरूको किनमेल, औषधी उपचार रोजगारी, शिक्षा लगायतका कामहरूको लागि अझैपनि कतिपय सुदुरपश्चिमेलीहरु सीमावर्ती भारत धाउनुपर्ने बाध्यतामा छन् । यसअघि सरकारले गएको माघ १६ गते कञ्चनपुरको गड्डाचौकी नाका र कैलालीको त्रिनगर गौरीफन्टा नाका, बैतडीको झुलाघाट नाका तथा दार्चुलाको खलङ्गा र पुलघाट नाका समेत गरि देशभरीका ३० नाका खुला गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.