महाशिवरात्री पर्व देशभर मनाइँदैछ । हिन्दूहरुको महत्वपूर्ण चाडमध्ये एक मानिने यो पर्व फागुन कृष्ण चतुर्दशीका दिन मनाइने गरिन्छ । यस दिन रातभरि जागा रहेर, भजनकीर्तन गरेर, धुनी बालेर शिवको पूजाआराधना गर्ने चलन रहेको छ ।
कोही भने यसदिन उपवास पनि बस्ने गरेका छन् । बिहानै उठेर नुहाइधुवाइ गरी शिवलिंगमा बेलपत्र, जल, दुध अर्पण गरे शिवको पूजा सार्थक हुने हिन्दू मान्यता रहिआएको छ । महाशिवरात्री किन र कहिलेदेखि मनाइयो भन्ने विषयमा विभिन्न प्रकारका किंवदन्तीहरु छन् । यस दिन भगवान शिवको उत्पति भएको सम्पूर्ण हिन्दू धर्मावलम्बीहरुको साझा मान्यता रहिआएको छ ।
एक पौराणिक कथा अनुसार समुद्र मन्थन गर्दा निस्किएको विषलाई भगवान शिवले यसैदिन पिएका थिए । त्यही विष पिउँदा शिवको कण्ठ अर्थात् गला नीलो रङको भएकाले उहालाई नीलकण्ठ नामले पनि पुकारिन्छ । शिव पुराणको ईशान संहितामा बताइएअनुसार फागुन कृष्ण चतुर्दशीको रात्रिमा भगवान शिव करोडौं सूर्य समान प्रभाव भएको लिंगको रुपमा प्रकट भएका थिए । शिवरात्री पर्वको अवशर पारी कैलाली कञ्चनपुर लगायत सुुदुरपश्चिम प्रदेशका अन्य जिल्लाहरुमा रहेका शिव मन्दिरहरुमा विशेष पुजाको आयोजना गरिएको थियो ।
Comments are closed.