
नेपालले १३ औँ दक्षिण एशियाली खेलकुद सागमा करातेमा पाँच र तेक्वान्दोमा चार स्वर्ण पदक जितेको छ।
ट्रायथलनमा समेत ऐतिहासिक स्वर्ण पदक जितेको नेपालले स्वर्ण पदकको सङ्ख्या १० पुर्याएको छ।
नेपालले करातेमा पाँच, तेक्वान्दोमा चार र ट्रायथलनमा एक स्वर्ण जितेको हो।
नेपालका लागि सोमवार अपरान्ह करातेका विप्लवलाल प्रधान र लक्ष्मण तामाङ अनि तेक्वान्दोकी आयशा शाक्य र पार्वती गुरुङले स्वर्ण जितेका छन्।
प्रधानले पाकिस्तानी खेलाडीलाई ८४ केजीभन्दा माथि तौल समूहमा स्वर्ण पदक जितेका हुन्।
शाक्य र गुरुङले एकल पुम्सेमा र तामाङले बाङ्ग्लादेशका खेलाडीलाई हराएर ५५ केजी तौल समूहमा स्वर्ण जितेका हुन्।
तेक्वान्दोमा चार स्वर्ण
तेक्वान्दोको एकल पुम्सेमा नेपालले चार स्वर्ण जितेको हो।
महिला एकलमा आयशा शाक्यले २९ वर्षभन्दा माथिको विधामा, पार्वती गुरुङले २३ देखि २९ वर्षसम्मको विधामा र सीना मादेनले २३ वर्षमुनिको विधामा स्वर्ण जितेका छन्।

उनले सागअगाडि बीबीसीसँग भनेकी थिइन्: “हामी सक्छौँ… स्वर्णका लागि योग्य छौँ।”
त्यस्तै २३ देखि २९ वर्ष उमेर समूहको एकल पुम्से विधामा नेपालका कमल श्रेष्ठले स्वर्ण पदक जितेका हुन्।
उनले भारतका राहुल जैनलाई हराएर स्वर्ण जितेका हुन्।
१३औँ सागमा नेपालका स्वर्ण
- १० नेपालले हालसम्म जितेको स्वर्ण पदक सङ्ख्या
- स्वर्ण विजेता खेलहरूकराते – ५ तेक्वान्दो – ४ ट्रायथलन – १
स्रोत: बीबीसीको सङ्कलन
मण्डेकाजी श्रेष्ठको दुई स्वर्ण
श्रेष्ठले स्वर्ण जितेपछि नेपालले करातेबाट पहिलो स्वर्ण पदक प्राप्त गरेको थियो।
पुरुष एकल कातामा मण्डेकाजी श्रेष्ठले फाइनलमा सोमवार पाकिस्तानी खेलाडी नियमातुल्लाहलाई पराजित गरेका हुन्।
श्रेष्ठले २६.७२ अङ्क प्राप्त गरे भने नियमातुल्लाहले २४.९२ अङ्क प्राप्त गरेका थिए।

उनले महसुस तामाङ र प्रविन महर्जन सम्मिलित टिमबाट पनि स्वर्ण जिते।
करातेमा महिला टिम कातामा नेपालले स्वर्ण जितेको हो।
करातेको महिला टिम कातामा स्वर्ण जित्ने टोलीमा निर्मला तामाङ, सङ्गीता मगर र सरु कार्की रहेका छन्।
लामो प्रतिक्षा
जितपछि ३४ वर्षीय श्रेष्ठले भने, “मेरो ठूलो सपना पूरा भएको छ। देशका लागि पहिलो स्वर्ण जित्न पाउँदा म खुशी छु।”
“यो मेरो लक्ष्य हो। लामो समयदेखि म यसको प्रतीक्षामा थिएँ।”
तीन पटक राष्ट्रिय च्याम्पियन रहेका श्रेष्ठ नेपाल प्रहरीको टोलीबाट खेल्ने गर्छन्।
ट्रायथलनको ऐेतिहासिक स्वर्ण

महिलातर्फको एलिट स्प्रीन्ट प्रतिस्पर्धामा नेपालकी सोनी गुरुङले एक घण्टा १३ मिनेट ४५ सेकेण्डमा निर्धारित दुरी पुरा गर्दै स्वर्ण जितेकी हुन्।
उनले भारतीय खेलाडीलाई १५ सेकेण्डले पछाडि पारिन्।
त्यस्तै नेपालले करातेमा दुई र तेक्वान्दोमा एक स्वर्ण पदक जितेको छ।
पोखरामा भएको ट्रायथलन प्रतिस्पर्धामा गुरुङले भारतका दुई खेलाडीलाई पछाडि पारेकी थिइन्।
ट्रायथलनमा पौडी, साइकल दौड र दौड समावेश हुन्छ।
पुरुष ट्रायथलनमा नेपालका बसन्त थारुले कास्य पदक जिते। भारतीय खेलाडी आदर्श सिनीवालले यसमा स्वर्ण जितेका छन्।
Comments are closed.