किर्गिस्तानको ओलम्पिक (यू-२३) टिमसँग खेल्दै थ्री नेशन्स (त्रिदेशीय) कप फुटबल सुरु गर्दा घरेलु टोली नेपालको लागि धेरै कुराले अर्थ राख्दछ । नेपालको सिनियर टिमले लामो समयपछि दशरथ रंगशालमा खेल्दैछ । यस प्रतियोगिता खेल्ने टिममा पनि व्यापक हेरफेर छ ।
घरेलु मैदानमा घरेलु दर्शक र समर्थकको अघि खेल्ने अवसर आएको छ । यस्तै किर्गिस्तानलाई हराउँदै प्रतियोगिताको फाइनल पुग्ने अवसर पनि नेपाललाई छ ।
उक्त टिमबाट खेलेका सुजल श्रेष्ठ, विकेश कुथु, सुनिल बल, अभिषेक रिजाल, अनन्त थापालगायत खेलाडी यसपटक पनि सिनियर टिमबाट खेल्दैछ । तर नेपालको सिनियर राष्ट्रिय टोलीको रुपमा भने ६ वर्षछि दशरथ रंगशालमा खेल्न लागेको हो ।
नेपालले पछिल्लो पटक सन् २०१५ मा भारतसँग विश्वकप छनोट खेल दशरथ रंगशालमा खेलेको थियो । त्यसयता दशरथ रंगशालको पूनर्निर्माण, भूकम्पको असरले गर्दा नेपालको यू-२३ टिमले लामो समयपछि गत वर्ष दशरथ रंगशालामा खेल्न पाएको थियो ।
यस पटक सिनियर टिमले नै दशरथ रंगशालमा खेल्दैछ । किर्गिस्तानको यू-२३ टिम भएकोले शनिबार बंगलादेशसँग खेल्दामात्र नेपालको खेलको अन्तर्राष्ट्रियस्तरको मान्यता पाउनेछ । तै पनि किर्गिस्तानविरुद्धको खेल नेपालको लागि लामो समयको प्रतिक्षापछिको खेल हुनेछ ।
यसका लागि खेलाडी र दर्शक दुवैको प्रतिक्षा छ कप्तान तथा नेपालका नम्बर वान गोलकिपर किरण चेम्जोङको भनाइले समेत यो प्रष्ट पार्छ । ‘सुपर एक्साइटेड । नेपालमा खेल्न नपाको धेरै भयो । फ्यान र क्राउडको खेल्न उत्साहित छौँ,’ किरणले बुधबार प्रशिक्षण गर्नुअघि भनेका थिए ।
आइतबार भएको प्रिम्याच कन्फ्रेन्समा उपस्थित नेपालका उपकप्तान रोहित चन्दले पनि लामो समयपछि दशरथ रंगशालमा खेल्न लागेकोले सबै जना उत्साहित भएको बताएका थिए ।
Comments are closed.