सन्तोषी श्रेष्ठले दिलाइन् एथ्लेटिक्समा ऐतिहासिक स्वर्ण पदक

काठमाण्डाै – १३ औँ दक्षिण एसियाली खेलकुद(साग) मा एथ्लेटिक्सको १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठले स्वर्ण हात जितेकी छिन् ।

 

उनले ३५ मिनेट ०७.९४ सेकेन्डको समयमा पार गर्दै स्वर्ण जितेकी हुन् । उनले भारतकी कविता यादवलाई ०.१ सेकेन्डले पछि पार्दै स्वर्ण आफ्नो नाममा पारेकी हुन्।

श्रीलंकाकी निलान्थी लंकाले ३५ मिनेट ५९.०२ सेकेण्डमा दाैड पूरा गर्दै कास्य पदक जितिन् ।

सन्ताेषी सागमा स्वर्ण पदक जित्ने पहिलाे नेपाली महिला एथ्लेटिक्स खेलाडी हुन् ।

उनले ८औँ राष्ट्रिय खेलकुदमा पनि स्वर्ण जितेकी थिइन् ।

सम्बन्धित

Comments are closed.