भोलीबाट काठमाण्डौमा हुने त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज १ सय ४१ देशबाट लाइभ हेर्न सकिने

वैशाख ४ देखि सुरु हुने त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज विश्वका १ सय ४१ देशबाट लाइभ हेर्न सकिने भएको छ।

बुधबार नेपाल क्रिकेट संघ (क्यान)ले  सिरिजको सम्पूर्ण खेलहरु विभिन्न टेलिभिजन र च्यानलको माध्यमबाट विश्वका १ सय ४१ देशबाट लाइभ हेर्न सकिने जनाएको हो।

नेपालमा हिमालयन एचडी टीभी र ओआरएसबाट लाइभ हेर्न सकिनेछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने त्रिकोणात्मक टी–२० सिरिजमा नेपाल, मलेसिया र नेदरल्यान्ड्स भिड्ने छन्।

नेपालले पहिलो खेल नेदरल्यान्ड्सँग वैशाख ४ मा खेल्ने छ। यस्तै, दोस्रो खेल मलेसियासँग वैशाख ६ मा खेल्ने भएको छ। नेपालले तेस्रो खेल नेदरल्यान्ड्सँग वैशाख ७ मा खेल्ने छ।

नेपालले आफ्नो सिरिजको लिगको अन्तिम खेल वैशाख ९ गते खेल्ने भएको छ। लिगमा शीर्ष दुईमा स्थान बनाउन सकेको खण्डमा नेपालले वैशाख ११ गते फाइनल खेल्ने छ।

ईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत ओमानमा तय भएको प्रतियोगिता स्थगित भएपनि क्यानले मलेसिया र नेदरल्याण्ड्सलाई बोलाएर यो सिरिज गर्न लागेको हो।

नेपालले एक वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो। नेपालले पछिल्लो समय गतवर्ष माघमा ओमान र अमेरिकासँग आईसीसी विश्वकप लिग–२ अन्तर्गत वानडे त्रिकोणात्मक सिरिज खेलेको थियो।

प्रतियोगिताका बेला क्यानले दर्शकलाई पनि प्रवेश गराउने भएको छ। क्यानले त्रिकोणात्मक सिरिज हेर्नका लागि प्रवेश मूल्य १ सय ५० रुपैयाँ तोकेको छ।

त्रिकोणात्मक टी–२० सिरिजका लागि नेदरल्यान्ड्स र मलेसियाको क्रिकेट टिम मंगलबार नेपाल आइसकेका छन्।

कुन देशबाट कसरी हेर्ने लाइभ?

सम्बन्धित

Leave A Reply

Your email address will not be published.