कञ्चनपुरको भीमदत्त नगरपालिकामा आर्थिक वर्ष २०७६÷०७७ को पहिला चौमासिक प्रगतिको समीक्षा सुुरु भएको छ । नगरपालिका सभा कक्षमा शनिबारदेखि समीक्षा सुरु गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा सुरु समीक्षामा नगर प्रमुख उप प्रमुख सुशिला चन्द सिह, प्रमुख प्रशासकीय अधिकृत पुस्कर प्रसाद भट्ट लगायतका कार्यपालिका सदस्यहरु, शाखा उप शाखा प्रमुख सहभागी भएका छन् । दुई दिनसम्म चल्ने समीक्षामा शनिबार राजश्व तथा प्रशासन शाखा, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, घटना दर्ता तथा पञ्जीकरण उप शाखा, सहकारी उप शाखा र न्यायिक समितिको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको छ । राजश्व प्रशासन शाखाका नरेन्द्रदेब भट्ट, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका केशब विष्ट, घटना दर्ता तथा पञ्जीकरण उप शाखाका लक्ष्मी भाट, सहकारी उप शाखाका बिमला भाट र न्यायिक समितिका मनोज भट्टले चौमासिक प्रगति प्रस्तुत गर्नु भएको छ । अध्यक्ष सहित अन्य शाखाको आइतबार प्रगति प्रस्तुत गरिने भीमदत्त नगरपालिकाका सूचना अधिकारी हरि सिह धामीले जानकारी दिनु भयो ।
शुक्लाफाँटा खबर
7062 posts
सम्बन्धित
Comments are closed.