नेपालले एथ्लेटिक्स अन्तर्गत पौडीमा अर्काे एउटा पदक थपेको छ ।
४०० मिटरको फ्रीस्टाइलमा नेपालकी गौरिका सिंहले ४ मिनेट २५ सेकेण्ड २८ मिलिसेकेण्डको समय निकालिन् ।
भारतकी शिवानी शर्मा भने दोस्रो भइन् । उनले ४ मिनेट २६ सेकेण्ड र २२ मिलिसेकेण्डमा दुरी पार गरिन् । त्यस्तै ४ मिनेट ४१ सेकेण्ड र ९१ मिलिसेकेण्डको समय निकाल्दै श्रीलंकाकी रमुद्री निलारा तेस्रो भइन् ।
जारी सागमा तेस्रो स्वर्ण जित्दै गौरिका एउटै सागमा ३ स्वर्ण जित्ने पहिलो महिला एथ्लिट बनेकी छिन् । उनले २०० मिटर फ्रीस्टाइल र ब्याकस्ट्रोकमा स्वर्ण जितेकी थिइन् । यस्तै १०० मिटर ब्याकस्ट्रोकमा रजत पदक जितेकी छिन् ।
याेसँगै १३औँ सागमा नेपालकाे स्वर्ण पदक संख्या ४४ पुगेकाे छ ।
Comments are closed.