कञ्चनपुरको शुक्लाफाटा नगरपालिकामा १५ शैय्याको कोभिड अस्थायी अस्पताल सञ्चालनमा

 कञ्चनपुरको शुक्लाफाटा नगरपालिकामा १५ शैय्याको कोभिड अस्थायी अस्पताल सञ्चालनमा आएको छ । कोरोना संक्रमणको रोकथाम तथा न्युनीकरणका लागि आइसोलेशन बनाउन र कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याउन नगरबासीहरुले पटक पटक माग गरेपछि शुक्लाफाटा नगरपालिकाले १५ शैय्याको कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याएको हो । नगरपालिकामा कोभिड अस्थायी अस्पताल सञ्चालनमा आएको जानकारी गराउदै शुक्लाफाटा नगरपालिकाका नगरप्रबक्ता जगत बहादुर सिँहले हाल नगरपालिकामा कोरोना संक्रमितहरुको उपचारमा खासै चुनौती नरहेको बताउनुभयो ।

 नगरप्रबक्ता सिँहले शुक्लाफाटा नगरपालिकामा १४२ जना कोरोनाका सक्रिय संक्रमित रहेको र लगभग सबैको स्वास्थ्य अवस्था सामान्य नै रहेकाले उहाहरुलाई होम आइसोलेशनमा राखिएको बताउनुभयो । उहाका अनुसार हाल नगरपालिकाको कोभिड अस्थायी अस्पतालमा भने २÷३ जना मात्रै कोरोनाका संक्रमितहरु छन र बाकी बेडहरु भने खाली छन् । यस्तैे शुक्लाफाटा नगरपालिकामा १७ वटा अक्सीजन सीलीन्डर र २ वटा डाक्टरहरु रहेकाले अहिले अक्सीजन अभाव र जनशक्ती अभावको समस्या भने नरहेको नगरप्रबक्ता सिँहले बताउनुभयो ।

 हाल शुक्लाफाटा नगरपालिकामा कोरोना संक्रमितहरुका लागि निशुल्क २ वटा एन्बुलेन्स र शव वाहन सञ्चालनमा छन् र सातामा दुई दिन निशुल्क पीसीआर र एन्टिजेन विधिबाट कोरोना परिक्षण समेत भइरहेको छ । यसअघि नगरपालिकाले कोरोना संक्रमणको रोकथाम तथा न्युनीकरणमा तदारुकता नदेखाएको भन्दै शुक्लाफाटा नगरपालिकाका नगरबासीहरुले नगरपालिका र जनप्रतिनिधीहरुको आलोचना गर्दै आइरहेका थिए हाल जनशक्ती र अक्सीजनको ब्यवस्थापन सहित नगरपालिकाले १५ शैयायाको कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याएपछि ढिलै भएपनि नगरपालिकाले गरेका यी कार्यहरुलाई सकारात्मक रुपमा लिएको शुक्लाफाटा नगरपालिकाका नगरबासीहरुले बताएका छन् । साथै कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाका नगरप्रबक्ता जगत बहादुर सिँहले शुक्लाफाटा नगरपालिकामा हाल १५ शैय्याको कोभिड अस्थायी अस्पताल सञ्चालनमा रहेको भएपनि आवस्यकता अनुसार बेडहरुको सङ्ख्या बढाउन सकिने समेत बताउनुभयो ।

सम्बन्धित

Comments are closed.