कोरोना महामारीका कारण बन्द रहेको डोटी जिल्ला अस्पतालको ओपीडी सेवा सुचारु

ओपीडी सेवा सञ्चालनमा ल्याएसँगै उपचारका लागि आउने बिरामीको चाप बढ्न थालेको डोटी जिल्ला अस्पतालले जनाएको छ । ओपीडी सेवा बन्द भएपछि जिल्ला अस्पतालमा सामान्य रोगका बिरामी उपचारका लागि आउन छाडेका थिए ।

कोरोना सङ्क्रमणको दरमा केही कमी आएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गर्ने गरी ओपीडी सेवा सुरु गरिएको अस्पतालका सूचना अधिकारी अमरसिंह भाटले जानकारी दिए । उनका अनुसार ओपीडी सेवा साविक बमोजिम सञ्चालन हुनेछ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.