कञ्चनपुरको वेदकोट नगरपालिकाले संघिय सरकारबाट २६ करोड १३ लाख ६० हजार बजेट प्राप्त गरेको छ । अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगबाट उक्त रकम प्राप्त गरेको नगर प्रमुख अशोक कुमार चन्दले बताए ।
नगर प्रमुख अनुसार चाुल आर्थिक वर्षबाटै कार्यान्वयन गर्ने गरि नगरपालिकाले माग गरेका योजनाका आधारमा विशेष र समपुरक अनुदानमार्फत बजेट विनियोजन भएको हो ।विनियोजित बजेटमा नगर गौरवको योजनाहरुलाई प्राथमीकता दिईएको नगर प्रमुख चन्दले बताए । वेदकोटको नगर गौरवको आयोजना रुपमा रहेको ५० शैयाको नगर अस्पताललाई १५ करोड बजेट विनियोजन गरिएको छ ।
नगरपालिकाले प्राथमिकताकासाथ अगाडी बढाएको उक्त योजनले ठुलो बजेट पाएपछि नगर अस्पतात बन्ने पक्का भएको हो ।
यस अघि नै नगर अस्तालका निर्माणका लागि डिपिआर निर्माण गरि जग्गा समेत अतिग्रहण गरिसकेको थियो । अस्पताल निर्माणपछि जिल्लाबासिलाई नै स्वास्थ्य उपचारका लागि सहज हुने अपेक्षा गरिएको छ ।
नगर अस्पताललाई नगर गौरवको योजनाका रुपमा अगाडी बढाईएको बताउँदैन नगर प्रमुख चन्दले भने ‘अस्ताताल निर्माणका लागि बजेट प्राप्त भएको छ, अब टेन्डर प्रक्रियामार्फत योजना निर्माण सम्झौता गरि चालु आर्थिक वर्षबाट काम सुरु हुन्छ ।’
नगरपालिकाकाले केन्द्र सरकारबाट नगरका खानेपानि योजनाका लागि ८ करोड बजेट पाएको छ । खानेपानिको समस्या रहेको नगरका ३ र ५ नम्बर वडामा योजना कार्यान्वयन गरिने नगरपालिकाले जनाएको छ ।
त्यस्तै छात्रा शौचालय निर्माणका लागि ५७ लाख ६१ हजार, विद्यालय भवन निर्माणका लागि ६२ लाख, स्वास्थ चौकी निर्माण ६० लाख बजेट विनियोजन भएको छ ।
नगरका मुख्य बजार क्षेत्रमा सौर्य बती र सिसिटिभी क्यामेरा जडानका लागि १ करोड ५० लाख, शिव लिङ्गेस्वर जाने बाटो कालो पत्रे गर्न १ करोड बजेट विनियोजन भएको छ । भने दैजी–क्षेला औद्योगिक क्षेत्र पहुच मार्ग कालो पत्रेका लागि पनि १ करोडको बजेट विनियोजन भएको नगर प्रमुख चन्दले बताए ।