लिबान लडाकुहरू पूरै देशलाई पुनः आफ्नो नियन्त्रणमा लिने अवस्थामा

अफगानिस्तानमा तालिबान लडाकुहरू पूरै देशलाई पुनः आफ्नो नियन्त्रणमा लिने अवस्थामा पुगेका छन्। अहिले राजधानी काबुलबाहेक अन्य सबै प्रमुख सहरहरूमा उनीहरूको वर्चस्व कायम भइसकेको छ।

लडाकुहरूले पूर्वी सहर जलालाबादलाई बिनासङ्घर्ष आइतवार बिहानै आफ्नो नियन्त्रणमा लिएका छन्। योसँगै सरकारको नियन्त्रणमा रहेको एक मात्र प्रमुख सहरको रूपमा राजधानी काबुल रहेको छ।

अर्को महत्त्वपूर्ण उत्तरी सहर मजार-ए-शरिफमाथि कब्जा जमाएको भोलिपल्ट लडाकुहरूले पछिल्लो सफलता हासिल गरेका हुन्।

राष्ट्रपतिमाथि बढ्दो दबाव

सरकारी फौजहरूको विफलतासँगै राष्ट्रपति अशरफ गनीमाथि राजीनामा गर्न चर्को दबाव परेको छ।

काबुललाई जोगाउन उनीसँग आत्मसमर्मपण वा सङ्घर्षको विकल्प देखिएको छ।

यसैबीच, संयुक्त राज्य अमेरिकाले तनावग्रस्त अफगानिस्तानबाट आफ्ना नागरिकहरूको उद्धार गर्नका निम्ति पाँच हजार फौज पठाउन लागेको जनाएको छ।

अफगानिस्तानबाट आफ्ना फौज फिर्ता बोलाएकोमा चर्को आलोचना खेपिरहेका राष्ट्रपति जो बाइडनले कुनै देश द्वन्द्वको मध्यमा रहेका बेला त्यहाँ अन्तहीन अमेरिकी उपस्थितिलाई आफूले सही साबित गर्न नसक्ने बताएका छन्।

सम्बन्धित

Comments are closed.