राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना पूर्ण रूपले सञ्चालनमा आएको छ । छ वटै युनिट सञ्चालनमा आएर ४५६ मेगावाट विद्युत् उत्पादन सुरु भएको आयोजनाले जनाएको छ । यसअघि पाँचवटा युनिटबाट उत्पादन थालिएको थियो।
स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत्् आयोजनामा ७६/७६ मेगावाटका छ वटा युनिट जडान गरिएको छ ।
उत्पादित बिजुलीलाई राष्ट्रिय प्रसारण लाइनमार्फत वितरण गर्न रामेछापको फुलासीमा २२० र १३२ केभीको सब–स्टेशनमा जोडिएको छ । त्यहाँबाट ढल्केबर र लामोसाँघु हुँदै राष्ट्रिय प्रसारण लाइनमार्फत वितरण भइरहेको छ ।
देशमा सञ्चालित जलविद्युत् आयोजनामध्ये माथिल्लो तामाकोशी सबैभन्दा ठूलो आयोजना हो ।
Comments are closed.