नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्।

पार्टी विभाजनपछि नेता कार्यकर्तासँगको भेटघाट र सक्रियताको धपेडीका कारण अध्यक्ष ओली शुक्रबारदेखि अस्वस्थ भएको उनका प्रेस सहयोगी रामशरण बजगाईंले जानकारी दिए।

बजगाईं भने, ‘उहाँ दौडधुप र धपेडीका कारण सामान्य अस्वस्थ हुनुहुन्छ। त्यसैले अत्यावश्यकबाहेक भेटघाट बन्द गरिएको हो। ओली अहिले बालकोटस्थित निवासमै आराम गरिरहेका छन्।’

सम्बन्धित

Leave A Reply

Your email address will not be published.