कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको राजस्व संकलनमा बृद्धि भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७५र०७६ मा एक करोड ८५ लाख ४७ हजार चार सय राजस्व संकलन गरेको छ । जुन आर्थिक बर्ष ०७४÷७५ को तुलनामा १४ लाख ७७ हजार नौ सय चार ले बढी रहेको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७४र०७५ मा रु ९२ लाख ९३ हजार नौ सय ३६ रकम संकलन गरेको थियो । नगरपालिकाको आर्थिक प्रशासन शाखाका लेखापाल महेश जोशीका अनुसार आर्थिक वर्ष २०७५र०७६ मा एकिकृत सम्पत्ति कर वाफत ३८ लाख तीन हजार आठ सय ४८, घरवहाल कर बाफत तीन लाख ८४ हजार आठ सय ७८, वहालविटौरी कर बाफत १४ लाख ५४ हजार नौ सय ६९, सवारी साधन कर बाफत १३ हजार ७२ रकम संकलन भएको छ ।
त्यसैगरी,रजिष्ट्रेशन दस्तुर बाफत पाँच लाख २२ हजार तीन सय ७०, सरकारी सम्पत्ति वहाल कर बाफत ८० हजार छ सय, अन्य बिक्रीबाट प्राप्त रकम कर वाफत १० लाख ५३ हजार तीन सय ३९, प्रशासनिक सेवा शुल्क बाफत रु चार लाख ३६ हजार दुई सय १२, नक्सापास दस्तुरबाट तीन लाख २७ हजार चार सय ६८, सिफारिस दस्तुरबाट १६ लाख ४६ हजार पाँच सय ४०, व्यक्तिगत घटना दर्ता दस्तुरबाट एक लाख ६८ हजार पाँच सय, नाता प्रमाणित दस्तुरबाट २५ हजार तीन सय ५० रकम संकलन भएको छ ।
अन्य दस्तुरबाट ३० लाख २१ हजार २८, प्रशासनिक दण्ड जरिवानाबाट पाँच हजार ७६ र अन्य राजश्व ५३ लाख ८३ हजार आठ सय ८३ संकलन भएको छ । चालु आर्थिक वर्षमा नगरपालिकाले एक करोड ९ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।
चालु आबको पहिलो चौमासिकको कात्तिकसम्म २२ लाख ७४ हजार तीनसय ८६ राजश्व संकलन भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशनसिंह थापाले नगरपालिकाले करको दायरा बढाउँदा राजश्व संकलनमा बृद्धि भएको बताउनु भयो । उहाले करको दर पुरानै रहे पनि करको दायरा बढाउँदा राजश्व संकलनमा बृद्धि भएको बताउनु भयो ।
Comments are closed.