विश्वकप : अष्ट्रेलिया र द. अफ्रिकाको म्याच आज

यूएईमा जारी आईसीसी टी-२० विश्वकपमा आजदेखि सुपर-१२ का म्याच हुँदैछन् ।

दोस्रो चरणको पहिलो खेलमा आज दक्षिण अफ्रिका र अष्ट्रेलिया खेल्दै छन् । यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ ।

जारी संस्करणमा अष्ट्रेलियालाई उपाधि दाबेदारका रूपमा हेरिएको छ । अष्ट्रेलिया सन्तुलित टोली बनेको छ । दुई वटा अभ्यास म्याचमा उसले न्यूजिल्याण्डलाई पराजित गर्दा भारतविरुद्ध भने हारको सामना गरेको थियो ।

दक्षिण अफ्रिकाले भने दुवै अभ्यास म्याचमा जित हात पारेको थियो । उसले अफगानिस्तानलाई ४१ रनले हराउँदा बलियो पाकिस्तानलाई ६ विकेटले पराजित गरेको थियो ।

यो पटक दक्षिण अफ्रिकाको टोलीमा फाफ डुप्लेसिस, क्रिस मोरिस र इमरान ताहिर जस्ता टी-२० क्रिकेटका सफल खेलाडी छैनन् । आजै हुने दोस्रो खेलमा वेष्ट इण्डिज र इंग्ल्याण्ड खेल्दै छन् ।

सम्बन्धित

Comments are closed.